तनहुँको भिमाद नगरपालिकामा गठबन्धन र एमालेको प्रतिष्पर्धा

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सत्ता गठबन्धन दलले तालमेल गरेरे उम्मेदवारी दिएका छन् । भिमाद नगरपालिकामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले भर्सेस चार दलबीच प्रतिष्पर्धा हुने भएको छ ।
एमालेसँग सत्तारुढ दल नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्रसँगै राष्ट्रिय जनमुक्ती पार्टीले तालमेल गरेर निर्वाचन लड्दैँछन् ।
सोमबार भएको उम्मेदवारको मनोनयन दर्तामा एमालेबाट मेयरमा दधिराज सुवेदी र उपमेयरमा शारदा खनालले उम्मेदवारी दर्ता गराए । खानलले फेरि उपमेयरमा दोहोरिनलाई उम्मेदवारी दर्ता गराएकी हुन् । गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका काजिमान श्रेष्ठले मेयरमा र नेपाली कांग्रेसका मिलन आलेले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
घिरिङ गाउँपालिकामा पनि कांग्रेस र एकीकृत समाजवादी पार्टीले तालमेल गरेका छन् । घिरिङ गाउँपालिकाको अध्यक्षमा एमालेबाट होमबहादुर थापा र उपाध्यक्षमा राधादेवी अधिकारीको मनोनय परेको छ । गठबन्धनबाट अध्यक्षमा कांग्रेसका गंगा कुमाल र उपाध्यक्षमा एकीकृत समाजवादीका पूर्णबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।
शुक्लागण्डकी नगरपालिकामा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । मेयरमा कांग्रेसका कृष्णराज पण्डित र उपमेयरमा माओवादी केन्द्रका खुमबहादुर विक (राजु) ले उम्मेदवारी दिएका हुन् । मेयर र उपमेयरमा तालमेल भए पनि वडामा भने एक्लाएक्लै उम्मेदवारी दर्ता भएको छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्