Techie IT
बुधबार, जेठ १,२०८२

खोटाङ साकेला गाउँपालिकाको अध्यक्षमा चार जनाको उम्मेदवारी


खोटाङ । खोटाङको साकेला गाउँपालिकाको अध्यक्षमा चार र उपाध्यक्षमा चार जनाको मनोनयन दर्ता भएको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा अर्जुनकुमार खड्का र उपाध्यक्षमा बिर्सिका राई, कांग्रेसबाट अध्यक्षमा रबिप्रकाश राई र उपाध्यक्षमा सरिता खड्काको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै, एमालेबाट अध्यक्षमा गोपीकृष्ण खड्का र उपाध्यक्षमा दिलकुमारी राई, मंगोल नेशनल अर्गनाइजेसनबाट अध्यक्षमा कवि राई र जसपाबाट जयकुमार राईको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

माओवादी केन्द्रकातर्फबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष चुनिएका अर्जुनकुमार दोश्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन् ।

कांग्रेसका अध्यक्षका उम्मेदवार राई २०७० सालको संविधान सभा सदस्यका उम्मेदवार हुन् । उनी हाल संघीय महाधिवेशन प्रतिनिधि छन् । साकेला गाउँपालिकामा पाँच वडा छन् ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:13 am6:46 pm +0545