यस्तो छ अछाममा टुंगो लागेका एमालेका उम्मेदवारको नामावली

अछाम । अछाममा नेकपा एमालेले उम्मेदवारको टुङ्गो लगाएको छ। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मंगलसैन नगरपालिकाको प्रमुखमा पुनः पदमबहादुर बोहरा र उपप्रमुखमा संगीता रावल सोडारीलाई छनोट गरेको छ । साँफेबगर नगरपालिकाको प्रमुखमा पशुपति कुँवरलाई छनोट गरिएको छ भने उपप्रमुखको नाम भने टुंगो लाग्न बाकी नै छ ।
कमलबजार नगरपालिकाको प्रमुखमा कटक साउद र उपप्रमुखमा शारदा बिष्टलाई छनोट गरेको छ। पञ्चदेवल नगरपालिकाको प्रमुखमा कमलबहादुर रावल र उपप्रमुखमा राजु सञ्ज्याललाई छनोट गरिएको छ ।
यस्तै चौरपाटी गाउँपालिकाको अध्यक्षमा रामबहादुर आयजी र उपाध्यक्षमा चन्द्रा रोकाया बुढा, बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा लोकबहादुर साउद र उपाध्यक्षमा विन्दु रावल, तृर्माखाद गाउपालिकाको अध्यक्षमा बमबहमखुर विसी र उपाध्यक्षमा निर्मला धमाला, ढकारी गाउँपालिकाको अध्यक्षमा धर्म शाही र उपाध्यक्षमा मायाद्वी बुढालाई छनोट गरेको छ ।
यस्तै रामारोशन गाउँपालिकाको अध्यक्षको टुंगो लाग्न बाँकी छ भने उपाध्यक्षमा लक्ष्मी धामी साउदलाई छनोट गरेको छ । मेल्लेख गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षको नाम भने टुंगो लाग्न बाँकी नै छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्