कारको ठक्करबाट एकै पटक तीन जना पैदलयात्रीको मृत्यु

राँझा । नेपालगञ्जको बिपी चोक नजिक गएराति कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु भएको छ ।
प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारको ठक्करबाट नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिएको बताइएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई त्यहीँ कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पुर्याएका थिए ।
१५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो । प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्