Techie IT
बुधबार, वैशाख २४,२०८२

एमाले तारकेश्वोर ३ को अध्यक्षमा रुद्र प्रसाद घिमिरे , सचिवमा बलराम जमरकट्टेल


काठमाडौं ।नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन अन्र्तगत तारकेश्वरनगरपालिका वडा नं ३ कमिटिको अधिवेसन सम्पन्न भएको छ । जसमा अध्यक्षमा रुद्र प्रसाद घिमिरे , उपाध्यक्षमा पोशक नाथ अर्याल , सचिवमा बलराम जमरकट्टेल ,उपसचिवमा ईन्दिरा खतिवडा र शुत्र बादुर तामाङ्ग सहित ३१ जना सदस्य रहेका छन ।

करिव २०० जनाको उपस्थीतीमा सम्पन्न भएको सो अधिवेशनमा युवाहरुको आर्कषण रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले वडाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चो परिचर्चो गरेका थिए ।

वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले तारकेश्वोर ३


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:18 am6:42 pm +0545