Techie IT
बुधबार, वैशाख २४,२०८२

एमाले तारकेश्वोर ५ को अध्यक्षमा जयराम अर्याल , सचिवमा बलराम धिताल


काठमाडौं ।नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन अन्र्तगत तारकेश्वरनगरपालिका वडा नं ५ कमिटिको अधिवेसन सम्पन्न भएको छ । जसमा अध्यक्षमा जयराम अर्याल , उपाध्यक्षमा रेखा आचार्य ,सचिवमा बलराम धिताल ,उपसचिवमा साबित्रि गुईदेल र शुर्दशन फुँयाल सहित ३१ जना सदस्य रहेका छन ।

कार्यक्रमको बिशेष अतिथिमा बागमति प्रदेश कमिटि सदस्य सिताराम रेग्मी , काठमाडौं जिल्ला कमिटि सदस्य यमुना धिताल , तारकेश्वर नगर कमिटिका अध्यक्ष बासु प्रसाद गौतम तथा अतिथिहरुमा नगर सदस्यदोय संगाीता थापा र अनन्तमणी आचार्य लगायतका नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।

करिव ३०० जनाको उपस्थीतीमा सम्पन्न भएको सो अधिवेशनमा युवाहरुको आर्कषण रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले वडाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चो परिचर्चो गरेका थिए ।

वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले ताराकेश्वोर ५


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:18 am6:42 pm +0545