Techie IT
बुधबार, वैशाख २४,२०८२

झोर एमालेको अध्यक्षमा दिल बहादुर तामाङ (पदाधीकारीहरुको सूचि सहित )


टोखा काठमाडौं ।नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन अन्र्तगत टोखा नगरपालिका वडा नं १ कमिटिको अधिवेसन सम्पन्न भएको छ । जसमा अध्यक्षमा दिल बहादुर तामाङ, उपाध्यक्षमा नवराज सापकोटा ,सचिव हरिशरण दुलाल ,उपसचिव गणेश बिडारी,र सुनिता श्रेष्ठ सहित ३१ जना सदस्य रहेका छन ।

 

कार्यक्रमको बिशेष अतिथिमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , बागमति प्रदेश कमिटि सदस्य हरि ओम अधिकारी , काठमाडौ जिल्ला कमिटि सदस्य पंचलाल डंगोल , नेता कृष्ण प्रसाद अधिकारी ,वडा अध्यक्ष श्रीकृष्ण अधिकारी लगायतका नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।

करिव २०० जनाको उपस्थीतीमा सम्पन्न भएको सो अधिवेशनमा युवाहरुको आर्कषण रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले वडाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चो परिचर्चो गरेका थिए ।

वडा अधिवेशनलाई  पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #झोर एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:18 am6:42 pm +0545