एमाले तारकेश्वर वडा नं ६ को अध्यक्षमा बासुदेव तिमिल्सिना

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन अन्र्तगत तारकेश्वर नगरपालिका वडा नं ६ कमिटिको अधिवेसन सम्पन्न भएको छ । जसमा बासदेव तिमिल्सिना अध्यक्ष ,सविना मर्हजन उपाध्यक्ष , त्रौलोक्य लामिछाने सचिव , उपसचिवमा अशोक थापा र सरस्वती श्रेष्ठ सहित ३१ जना सदस्य रहेका छन ।
कार्यक्रमको बन्द सत्रको प्रमुख अतिथि काठमाडौं श्रेत्र नं ६ का संयोजक बिश्वनाथ लामिछाने , अतिथिहरुमा नगर कमिटि सचिव राजु तिमिल्सिना , जिल्ला कमिटि सदस्य हरि शरण तिमिल्सिना ,जिल्ला समन्वयन समितिका सदस्य एवं नगर कमिटि सदस्य रघुनाथ तिमिल्सिना , बाम बुद्धीजिवि तथा पुराना नेता राम शरण घिमिरे लगायतका नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।
करिव २०० जनाको उपस्थीतीमा धर्मस्थली बजारमा सम्पन्न भएको सो अधिवेशनको निर्वाचन मण्डलको अध्यक्षमा जिल्ला कमिटि सदस्य हरिशरण तिमिल्सिना , सदस्यहरुमा धर्मराज लामीछाने र शोभा मर्हजन रहेका थिए ।
कार्यक्रमका सहभागीहरुले वडाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चो परिचर्चो गरेका थिए ।
वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले तारकेश्वर वडा नं ५
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्