तिनपिप्लेको कालिका माविमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । नेपालभरीनै रगत अभावको सृजना भए लगत्ततै तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित तिनपिप्लेको कालिका माविमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ३२ जना रक्तदाताले रक्तदान गरेका छन् । १ जना महिला र ३१ जना पुरुषले रक्तदान गरेको कार्यक्रमका उपसंयोजक धु्रबराज खड्काले बताउनुभयो ।
तारकेश्वर नगरपालिकाको बैठकले प्रत्येक वडाहरुमा रक्तदान कार्यक्रम गर्ने नीतिअनुसार जेठ २५ गतेबाट वडा नं. ११ बाट सुरु भई आज वडा नं. ३ मा सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा मनमैजु सांस्कृतिक समाजका तफैबाट चर्चित हाँस्य कलाकार उत्तम अर्याल (कोदे) ले पनि रक्तदान गरेका छन् । कार्यक्रममा मनमैनु सांस्कृतिक समाजका व्यक्तिहरुको उल्लेख्य उपस्थित रहेको कुरा बुझिएको छ ।
रक्तदान कार्यक्रमको संयोजनमा जय इन्द्रायणी साकोस र ब्लड डोनर एसोसिएसन नेपाल ब्लोदान तारकेश्वर नगर समितीको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । हालसम्म तारकेश्वर नगरपालिकाको वडा नं. ११, १०, ८, ५, ३ र २ २ मा रक्तदान कार्यक्रम सम्पन्न भएको रक्तदान कार्यक्रमका उप–संयोजक ध्रुबराज खड्काले जानकारी दिनुभयो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तिनपिप्लेको कालिका मावि, #ध्रुबराज खड्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्