Techie IT
मंगलबार, वैशाख २३,२०८२

तारकेश्वरमा खोप लगाएपछि वृद्धवृद्धा भन्छन्, “अब बाँचिन्छ होला”


पुकार तिमलसिना

तारकेश्वर । बुधबार दिउँसो धर्मस्थली स्वास्थ्य चौकी परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका साथ एकआपसमा भलाकुसारी गरिरहेका थिए त कोही घर फर्किने तरखरमा देखिन्थे ।

“खोप लगाइसकेपछि कस्तो लागिरहेको छ  र?” भनेर सोध्दा ६३ वर्षीय टीकाराम भण्डारीको जवाफ थियो, “कस्तो लाग्छ र, अब बाँचिन्छ होला नि, खोप लगाइहालियो, राम्रै त होला ।” यतिकैमा उहाँसँगै बस्नुभएका ६१ वर्षीय डम्बर तामाङ्गले भन्नुभयो, “खोप लगाउन पाइयो, मनमा सन्तोक भयो, अब बिरामले भेट्दैन होला ।”

“खोप लगाएपछि ढुक्क लागिरहेको छ, अब त बाँचिएला नि त, खोप लाएपछि कोरोना आउँदैन भन्छन्”, उहाँले भन्नुभयो । यसरी उहाँहरु मात्रै नभई खोप लगाएका सबै वृद्धवृद्धाले ढुक्क लागेको भन्दै सङ्क्रमणले नभेट्ने विश्वास भएको बताए ।

बुधबार वृद्धवृद्धा सहित धर्मस्थली स्वास्थ्य चौकी र मनमैजु स्वास्थ्य चौकीमा ३८० गरि जम्मा ६५० जनालाई कोभिड भ्याक्सिन लगाईएको स्वास्थ शाखाले बताएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वरमा खोप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:18 am6:41 pm +0545