तारकेश्वरमा कोरोना संक्रमितको संख्या बढ्यो , संक्रमितको संख्या १९१४

काठमाडौं । तारकेश्वर नगर स्वास्थ्य साखाले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या १९१४ पुगेको छ । ८६८ महिला र १०४६ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ७३० रहेको छ । अहिलेसम्म ३७ जनाको मृत्यु भएको छ । जसमा १९ महिला र १८ पुरुष रहेका छन् । संक्रिय संक्रमितको संख्या ५३२ महिला र ६१५ पुरुष गरी ११४७ जना पुगेका छन् ।
त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ३२ जना पुगेको छ । वडा नं. २ मा १२२ जना रहेका छन् । वडा नं. ३ मा ७२ जना रहेका छन् । वडा नं. ४ मा १६५ छन् । त्यस्तै वडा नंं. ५ मा २२७ जना छन् । वडा नं. ६ मा २११ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ७ मा १७५ जनामा कोरोना संक्रमण देखिएको छ ।
वडा नं. ८ मा २६९ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ९ मा २३० जनालाई संक्रमण देखिएको छ । वडा नं. १० मा २१६ जना छन् र वडा नं. ११ मा १९५ जना सक्रिय संक्रमित रहेका छन् । तारकेश्वर नगरपालिकामा आजको डाटाअनुसार ४२ महिला र ३६ पुरुष गरी ७८ जनामा कोरोना पुष्टि भएको छ ।
साङ्ला प्राथमिक केन्द्रको आइसोलेशनमा अहिलेसम्म २९ जना भर्ना भएर उपचार गराइरहेका छन् । जसमा १८ जना डिस्चार्ज भएर घर गएका छन् भने ३ जनालाई रेफर गरिएको छ । २४ घण्टामा ० जना कोरोना संक्रमित बिरामी थपिएका छन् ।
अहिलेसम्म तारकेश्वरमा १६६६ जनाको एन्टिजेन टेष्ट गर्दा ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १०५ जनाको एन्टिजेन टेष्ट गर्दा १५ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै तारकेश्वरमा १०७९ जना होम आइसोलेसनमा रहेका छन् भने ६८ जना अस्पतालको आइसोलेशनमा रहेका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वरमा कोरोना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्