लोकतान्त्रिक चोकमा गुर्जोको धुलो र जडिबुटी वितरण
काठमाडौं । तारकेश्वर १० को लोकतान्त्रिक चोकमा गुर्जोको धुलो र जडिबुटी मिश्रण गरिएको चियापत्ति वितरण गरिएको छ ।
विषम परिस्थितिमा रोग प्रतिरोधात्मक क्षमता बढाउन विशेषगरी कोभिड पोजेटिभ भएका बिरामीहरुको लागि अति उपयुक्त हुने हुँदा करिव ५०० भन्दा बढि परिवारलाई गुर्जोको धुलो र जडिबुटी मिश्रण चियापत्ती वितरण गरिएको थियो ।
गुर्जो अभियान्ता कमल बहादुर राजलवटले उपलब्ध गराएको गुर्जोको धुलो वितरणमा तारकेश्वर १० का अध्यक्ष अमृत थापाले स्थानीय नागरिकहरुलाई बाँडेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
गुर्जो वितरणको व्यवस्थापन विष्णुमती सरसफाई अभियानका अभियान्ता शोभाकान्त पाण्डेले गर्नुभएको थियो ।
कोभिड, ज्वरो, निमोनिया, रुघाखोकी भएको र इम्युनिटि पावर बढाउनका लागि एक लिटर पानीमा एक चिया चम्चा मसला वा धुलो हालेर खान सकिन्छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #गुर्जोको धुलो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्