तारकेश्वर साङलामा आइसोलेशनको दुख : डाक्टर र औजारहरुको अझै अभाव
काठमाडौं । तारकेश्वर नगरपालिकाको कार्यपालिकाको बैठकले प्राथमिक स्वास्थ्य केन्द्र साङलालाई तत्काल सञ्चालनमा ल्याउन नगर प्रमुख रामेश्वर बोहोराको नेतृत्वमा समिति गठन गरेको छ । नगर प्रमुखको संयोजकत्वमा, उपप्रमुख, वडा नं। ३, ५ र ६ का वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल र प्रसासन प्रमुख होमनाथ न्योपाने र लेखा प्रमुख खिलानाथ बास्कोटा र स्वास्थ्य साखा प्रमुखसहितको टिम गठन भएको हो ।
नजिकका अस्पतालहरुसँग सहकार्य गर्नका लागि नगर उपप्रमुख भवानी डोटेल धितालको संयोजकत्वमा वडा नं। ३, ५ र ६ का अध्यक्षसहितको टिम गठन भएको छ । साङ्ला प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन सञ्चालनमा ल्याउन अझै डाक्टर र केही औजारहरुको समस्या भएको प्रमुख प्रशासकिय अधिकृत शिव लम्सालले बताउनुभयो ।
लम्सालकाअनुसार नगरपालिकाले सबैको सहकार्यमा आइसोलेशन केन्द्र राखी सामान्य अक्सीजन अभावका बिरामीहरुलाई मात्र राखिने गरी तयारी भइरहेको बताएका छन् । साङला प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले १ जना मात्र डाक्टर रहेका छन् ।
नर्सहरु पर्याप्त मात्रमा भएपनि डाक्टरको संख्या असाध्यै कम भएकाले तारकेश्वर नगरपालिकाले डाक्टरहरुको खोजीलाई तिव्रता दिएको छ । डाक्टर र केही औजारका कारण आइसोलेसन सञ्चालनमा ढिलाई भएको प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्सालले बताउनुभयो ।
आइसोलेसन केन्द्रका लागि केही औजार र औषधिहरु किन्ने प्रक्रियामा भएकाले केही ढिलाई हुन पुगेको छ । तर डाक्टरहरुको अभाव भने रहेको छ । नगरपालिका आफ्नै आइसोलेशन सञ्चालन गरेपनि टिकाउन सकिन्छ कि सकिन्न भन्ने अन्योलतामा पनि देखिन्छ ।
नगर उपप्रमुखको समितिले आजैदेखि जनमैत्री अस्पताल लगायत नजिकका अस्पतालसँग सहकार्य गरेर आइसोलेसन बेडको व्यवस्था गर्ने तयारी गरिरहेको छ । नगरपालिकाले आर्थिक सहायता दिएर भएपनि नीजि अस्पतालमा तारकेश्वर नगरभित्रका कोभिडका बिरामीको उपचारको व्यवस्था मिलाउने योजनामा नगरपालिका रहेको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #साङलामा आइसोलेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्