मध्यपुर थिमिमा अति विपन्न परिवारका लागि आवास निर्माण शुरु
भक्तपुर।भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरक्षेत्रभित्र अति विपन्न परिवारका लागि बेग्लाबेग्लै चार वटा घर निर्माण शुरु गरिएको छ।वाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रदेशसभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठको पहलमा ती घरको निर्माण शुरु भएको हो ।
निर्माण हुने घरमध्ये दुई घरको शिलान्यास भएको छ भने बाँकी दुईको प्रक्रिया शुरु भएको उपभोक्ता समितिका अध्यक्ष नवीनप्रकाश श्रेष्ठले बताए।प्रदेशसभा सदस्य डा .श्रेष्ठका अनुसार प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्राप्त रु २० लाखमा उपभोक्ता समितिबाट अपुग रकम एवं भौतिक सामाग्रीहरु थप गरी मध्यपुर थिमिभित्र चार अति विपन्न परिवारमध्ये दुई परिवारको एक तले पक्की घर निर्माण शुरु गरिएको हो ।
अध्यक्ष श्रेष्ठले भने,“योजनाको अनुमानित कुल लागत रु ३२ लाख ३५ हजार ५७५ रहेको छ । त्यसमा प्रदेश सरकारबाट रु २० लाख प्राप्त हुने र नपुग रकम सहभागिताअन्तर्गत उपभोक्ता स्वयंले बेहोर्ने छ” ।
मध्यपुर थिमि–७ ले पशु वधशालालाईसमेत व्यवस्थित बनाइएको बताएको छ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##मध्यपुर थिमि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्