Techie IT
सोमबार, वैशाख २२,२०८२

तारकेश्वर २ मा स्वास्थ्य चौकी भवनको शिलान्यास

काभ्रेस्थलीवासीको सपनाले साकाररुप लियो


सीता पौडेल(अर्चना)

काठमाडौं ।काठमाडौको तारकेश्वर नगरपालिकाको वडा नम्बर २ काभ्रेस्थलीमा आधुनिक डिजाइनको स्वास्थ्य चौकी भवन बन्ने भएको छ । काभ्रेस्थलीमा रहेको सनराइज कोलनी नजिक ८ आनाको क्षेत्रफलमा बन्न लागेको उक्त भवनको शनिबार तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोराले उद्घाटन् गरेका छन्।

स्थानीय समाजसेवी सरिता चौलागाई र सानु सापकोटाले आफ्ना स्वर्गीय पिताको नाममा दान गरेको चार/ चार आना गरि जम्मा आठ आना जग्गामा सो स्वास्थ्य चौकी भवन बन्न लागेको हो । सम्भावित अन्डरग्राउड सहितको तीन तले बन्ने सो स्वास्थ्य चौकी भवनको तारकेश्वर वडा नं. २ को रु १८ लाख बजेट , स्थानीयहरुले धान्यान्चल महायज्ञ र सप्ताह ज्ञान महायज्ञबाट संकलन गरेको अनुमानित रु ३० लाख बजेट र स्थानिय दाताहरुबाट संकलन गरिएको बजेट गरि करिब ५५ लाखको बजेटबाट  निर्माण हुन लागेको सोही वडाका वडा अध्यक्ष रविन्द्र केसीले बताए ।

 

अध्यक्ष केसीका अनुसार दुई वर्षभित्र निर्माण कार्य सम्पन्न हुने गरि भवन निर्माण उपभोक्ता समितिबाट निर्माण कार्यमा सहजीकरण गर्ने कार्य अगाडि बढिसकेको छ । यदि बजेट अपुग भएमा अपुग
रकम नगरपालिकाले थप गरेर भवन बनाउन सहयोग गर्ने प्रतिवद्धता  समेत जनाएको अध्यक्ष केसीले बताए ।

 

 

 


क्याटेगोरी : स्थानीय
ट्याग : ##शिलान्यास, ##स्वास्थ्य चौकी भवन, #तारकेश्वर २


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545