गोकर्णेश्वर नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । राजधानीमा दोस्रो चरणको कोरोनाको सङ्क्रमण तीव्र हुन थालेपछि नगरपालिकाले कोरोना पोजेटिभ भई घरमा बसेका नगर क्षेत्रका बिरामीलाई स्वास्थ्य जटिलता भई अस्पताल जानु परेमा निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको नगर प्रमुख सन्तोष चालिसेले बताए । उनले दोस्रो चरणको भाइरसको सङ्क्रमण तीव्र भएकाले स्वास्थ्य सतर्कता अपनाउन पनि नगरवासीलाई अनुरोध गरेका छन् ।
साथै नगरपालिकाले भौतिक दूरी कायम गर्न, अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र निस्कनुपरेमा अनिवार्य मास्क लगाउनेलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन नगरपालिकाले आह्वान गरेको छ । स्वास्थ्य सतर्कता अपनाउँदा अपनाउँदै कोरोना पोजेटिभ भई स्वास्थ्य जटिलता आएर अस्पताल जानुपर्ने बिरामीले एम्बुलेन्स चालक अर्जुन श्रेष्ठको मोबाइल नं ९८४३०९५४४५ मा सम्पर्क गर्न नगर प्रमुख चालिसेद्धारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच कोरोनाको सङ्क्रमण पुनः फैलन थालेपछि नगरपालिकाले चालू शैक्षिक सत्रको अन्तिम परीक्षा यही वैशाख १६ गतेदेखि सञ्चालन गर्न निर्देशन दिएको छ । यस विषयमा नगरपालिकाको शिक्षा शाखाले बुधबार सामुदायिक एवं संस्थागत विद्यालयलाई पत्राचार गरी निर्देशन समेत दिएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #गोकर्णेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्