Techie IT
सोमबार, वैशाख २२,२०८२

एमाले बुढानीलकण्ठ शाखा पार्टी कमिटीको शुभकामना आदान प्रदान कार्यक्रम


नेपाल कम्युनिस्ट पार्टी (एमाले) बुढानीलकण्ठ नगर कमिटी वडा नं  ६  शाखा पार्टी कमिटीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सरकारका उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बागमती प्रदेस सचिवालय सदस्य  सुन्दर पुर्कुटी , बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डंगाेल, जिल्ला कमिटी सदस्य ध्रुव थपलिया सहित  नगर कमिटीका सदस्य तथा शाखा कमिटीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

नेकपा एमाले बुढानिलकण्ठ -६ कमिटीका अध्यक्ष प्रशान्त डंगोलको अध्यक्षता र नगर कमिटी सदस्य नानु  खड्का श्रेष्ठको संचालनमा भएको सो कार्यक्रममा वक्ताहरुले शुभकामना आदानप्रदान गर्नुका साथै विकास निर्माणका वारेमा आफ्नो धारणा राखेका थिए।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले बुढानीलकण्ठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545