खैरहनी नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था

चितवन।चितवनको खैरहनी नगरपालिकाले नगरको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ । सम्पूर्ण नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यका साथ नगरपालिकाले १३ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको हो । यसअघि खैरहनी–६ मा प्राथमिक स्वास्थ्य केन्द्र खैरहनी, वडा नं १० मा कठार स्वास्थ्यचौकी, वडा नं २ मा चैनपुर स्वास्थ्यचौकी, वडा नं १२ मा कुमरोज स्वास्थ्यचौकी र वडा नं १३ मा नगर स्वास्थ्य क्लिनिक र बाँकी रहेका वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताए । खैरहनीको वडा नं १, ३, ४, ५, ७, ८, ९ र ११ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह शुरु गरिएको अधिकारीको भनाई छ ।
आधारभूत स्वास्थ्य केन्द्रमा अहेव, अनमी र एक कार्यालय सहयोगी नियुक्त गरिएको नगरपालिकाले बताएको छ । वडा नं ४ र ९ को आधारभूत स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट र स्टाफ नर्सले स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिका नर्सिङ अधिकृत पूजा गिरीले बताइन । केन्द्रबाट परामर्शसहित बिरामीको आवश्यकतानुसार निःशुल्क औषधि वितरणसमेत हुने उनको भनाई छ । आफ्नै भवन नभएका केही स्वास्थ्य केन्द्रले सामुदायिक भवनबाट सेवा दिन शुरु गरेका छन् ।
खैरहनी १, ४, ५ र ८ ले वडा कार्यालयको भवनबाट सेवा दिएका छन् भने वडा नं ७ ले विद्यालयको भवन र ११ ले क्लबको भवनमा केन्द्र स्थापना गरी सेवा प्रवाह शुरु गरेका छन् ।
वडा नं ४ को भवन स्वास्थ्य संस्था राख्न मिल्ने गरिनै निर्माण भएकाले त्यहीँबाट वडावासीले सेवा पाउनेछन् भने वडा नं ३, ९ मा नगरपालिकाले नै छुट्टै भवन निर्माण गरेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए । “स्वास्थ्य मानवको महत्वपूर्ण पक्ष हो”, नगरप्रमुख चौधरीले भने, “आधारभूत स्वास्थ्य सेवाबाट अब नगरवासी वञ्चित हुनुपर्दैन, आफ्नै ठाउँबाट सेवा पाउनेछन् ।” आफ्नो भवन नभएका स्वास्थ्य केन्द्रहरुको अर्को वर्ष भवन निर्माण हुने उनको भनाई छ। खैरहनीमा १५ शय्याको अस्पतालसमेत निर्माणको प्रक्रियामा रहेको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##खैरहनी नगरपालिका, ##प्रत्येक वडामा स्वास्थ्य संस्था
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्