टोखामा आजदेखि व्यक्तिगत घटना दर्ता अभियान शुरु

टोखा नगरपालिकामा आजदेखि व्यक्तिगत घटना दर्ता अभियान शुरु भएको छ ।
काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको समन्वयमा आजदेखि व्यक्तिगत घटना दर्ता अभियान शुरु गरेको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वैशाख १ देखि १६ गतेसम्म टोखा नगरपालिकाभर व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । “घटना दर्ता गर्न बाँकी रहेका टोखावासी आफ्नो वडा कार्यालयमा उपस्थित भई जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ अनिवार्यरुपमा दर्ता गर्नुहोला”, उहाँले भन्नुभयो ।
टोखा नगरपालिकाले व्यक्तिगत घटना घटेको ३५ दिनभित्र घटना दर्ता नगराउने नगरपालिकावासीलाई जरिवाना गर्नेसमेत जनाएको छ । टोखा नगरपालिकामा ११ वडा रहेका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #टोखामा आजदेखि व्यक्तिगत घटना दर्ता
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्