Techie IT
आईतबार, माघ १३,२०८१

सुखी र सफल जीवनका लागी असल बानी बसाल्नुहोस् — स्वेट मार्डन


सिता पौडेल(अर्चना)
काठमाडौं । सुखी र सफल जीवनका लागी आफुभित्र असल बानीको विकास गर्नु निकै आवश्यक हुन्छ ।यदि आचरण सहि भएन भने चरित्र कहिले पनि उत्कृष्ट बन्न सक्दैन । हाम्रो चरित्र भनेको असल आचरणहरुको संग्रह हो । जुन व्यक्तिको आचरण असल छ , त्यो व्यक्ति जीवनमा कमै असफल हुन्छ ।

असल बानीको विजारोपण बाल्यकालमा नै हुने हुँदा हरेक बाबु–आमाले आफ्ना बालबालीकाहरुलाई सानै उमेरबाट असल आचरणको शिक्षा दिनु पर्दछ । अविभावकले सानैदेखी उनिहरुमा असल बानीको विकास गर्ने बातावरण बनाईदिनुपर्दछ ।

मानिसले. बाल्यअवस्थामा जे सिक्दछ , त्यो धेरै जसो उसको बानीमा विकास भइसकेको हुन्छ । चाहेर पनि उसलाई बसेको बानी बदल्न् वा छोड्न निकै गाह्रो हुन्छ । तसर्थ हामीले असल आचरणको विकास गरि असलबानी बसाउन सधै प्रयत्न गर्नु पर्दछ । यसको लागी आत्मसंयम र दृढ संकल्पको आवश्यकता पर्दछ ।

खाराब बानी त यसै पनि बस्न सक्छ तर असल बानी बसाउनका लागि निकै मिहिनेत गर्नुपर्दछ । सफलताशास्त्रिहरु यसलाई असजिलो तर सफलताको मार्ग भनि भन्दछन् । सफलताशास्त्री स्वेट मार्डनले हामी जो कोहीले सफल र सुखी जीवनका लागी असल बानी अन्तर्गत आफूमा यी विविध बानीको विकास गर्नु पर्ने भन्दै आफ्ना विभिन्न सफलता शास्त्रशरुमा उल्लेख गरेको पाइन्छ  :
– समयको पालना गर्नु
– ठीक–बेठीक छुट्याउनु
– कुसलता र व्यवहारिकतालाई अंगाल्नु
– निष्कृय नबस्नु
– मौन रहनु
– विहान सबेरै उठ्नु

तसर्थ स्वेट मार्डेनले भने जस्तै तपाईंहामी पनि आफुभित्र असल बानीको विकास गरि सफल र खुशी जीवन व्यतित गर्ने की ! यदी तपार्इंमा माथीका आचरणहरुको विकास भएको छ भने तपाईं सफल बनिसक्नु भएको छ ।होइन भने पनि सफलताको नजिक हुनुहुन्छ है । आफुलाई नियाल्नुहो्स ,आँखामा दृढता ल्याउनुहोस्, अनुहारमा आशा र विश्वाासको चमक झल्काउनुहोस् र तपाईको अनुहारमा विजयको आभास झल्किीरहोस्। तपाईं कहिलयै पराजित र असफल हुनुहुने छैन ।


क्याटेगोरी : जीवनशैली
ट्याग : #असल बानीको विकास


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Mist
6:51 am5:40 pm +0545