Techie IT
सोमबार, चैत्र १०,२०८१

जीवनपद्धति व्यवस्थित बनाउन गर्नुहोस्, सूर्यनमस्कार ः योग गुरु अनन्त केसी तुलसी


काठमाडौं ।हामीले सुन्दै आएको एउटा उखान छ ,‘स्वास्थय नै धन हो ।’तसर्थ राम्रो स्वास्थ्य भयो भने मात्रै धनी बन्न सकिने रहिछ । यसबाट यो पनि स्पष्ट हुन्छ की हामी स्वस्थ हुनु कति आवश्यक छ भनेर । तर आजभोली व्यस्त जीवनशैलीका कारण मानिसहरुले खानपानमा ध्यान नदिने, अव्यवस्थित जिवनचर्र्या , विलासी जीवनशैली आदीका कारणले मानिसहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्दै गइरहेको कुरालाई नकार्न सकिदैन । मानिस स्वस्थ बन्नको लागि शारीरिक तथा मानसिक दुबै रुपमा स्वस्थ हुनु अति आवश्यक छ । यसका लागि एउटा अचुक उपाए तथा प्रेरणाको स्रोत हो , “सूर्यनमस्कार” !

के हो त सूर्यनमस्कार  ?
योगासन परमम्परामा सूर्यनमस्कारको महत्वपूर्ण स्थान छ । योग साधनाअन्तर्गत सूर्यनमस्कार विश्वभरिनै प्रयोग गरिने सर्वप्रसिद्ध विधि हो ।यसलाई योग विज्ञानमा व्यायाम , सूर्योपासना, मन्त्र साधना , प्रणायाम विधि , भन्ने गरिन्छ । समग्रमा यो एक जीवन पद्धति हो । सूर्यनमस्कार व्यायामका १२ वटा अति प्रभावकारी आसनहरु छन् । यी आसनहरुको छुट्टाछुट्टै महत्व रहनुका साथै बहुलभकारी अभ्यास पनि मानिन्छन् । यसबारेमा ‘अनन्त योग जागरण केन्द’ का योग गुरु अनन्त केसी तुलसीले यो विधिका बारेमा बताउनुभएको छ । उहाँका अनुसार —
के हुन त ती १२ आसन र यी आसन कसरी गर्ने  ?

१) प्रणाम आसन – नमस्कार मुद्रमा उभिने । सास स्वभाविक चल्छ।
२) हस्तोत्थानासन –सास लिँदै दुवै हात विस्तारै माथि उठाउँदै पछाडी ढल्किने ।
३) पाद हस्तासन –सास बाहिर निकालदै अगाडी निहुँरिने र हातलाई दुई खुट्टाको छेउमा पु¥याइ टाउकाले घुँडा छुने प्रयास गर्ने ।
४)अस्व सञ्चालन – श्वासप्रश्वास स्वभाविक राख्दै बाँयाँ खुट्टा पछाडि र दायाँ खुट्टा अगाडी राखी दौडिन तयार भएजस्तो आकृति बनाउने ।
५) दण्डासन – दुबै खुट्टा पछाडि तन्काएर पञ्जाले टेक्दै दुबै हात पनि भुँइमा टेकी शरिर सिधा राख्दै अगाडी हेर्ने । आसनमा रहँुन्जेल सास रोक्ने ।
६) अष्टाङ्ग नमस्कार – हात र खुट्टा यथास्थानमा राखी छाती , घँडा , चिउँडो र निधारलाई भूँइमा छुवाएर राख्ने । आस बाहिर छोड्र्दै आसन गर्ने ।
७) भुजङ्गासन – हात र खुट्टाालााई भुँइमा टेकाई कम्मर भन्दा माथिको भागलाई पछाडि ढल्काउने र आकासतर्फ हेर्नै। सास भदै आसन गर्ने ।
८) पर्वतासन –हात नम्वर ७ कै अवस्थामा राखी खुट्टाका पैतालाले राम्रोसँग भूँइमा टेक्ने । टाउकोले भूँइ छुने प्रयास गर्ने । सास बाहिर छोड्दै आसन गर्ने ।
९ ) अश्वसञ्चालन –अगाडी नम्बर ४ मा बताए जस्तै गरि गर्ने तर यसमा बाँया खुट्टा अगाडी राख्ने ।
१०) पादहस्तासन –अगाडी नम्बर ३ मा झैं गर्ने ।

११ ) हस्तोत्थानासन – अगाडी नम्बर २ मा बताए जस्तै गरी गर्ने ।
१२ )  प्रणाम आसन –दुबै हात विस्तारै वक्षस्थलमा लगाई नमस्कार मुद्रामा राख्ने । स्वभाविक श्वासप्रश्वास क्रिया कायम गर्दै सामान्य अवस्थामा रहने ।

यसरी सूर्यनमस्कार गर्नाले व्यक्ति कर्तव्यशील बन्ने र उसको सम्पुर्ण जीवन पद्धति नै व्यवस्थित बनाउने प्रेरणा मिल्दछ भन्ने योग गुरुहरुको धारणा रहि आएको छ । उदाउँदो सूर्य र अस्ताउँदो सूर्यको समयमा गरेको सूर्य नमस्कार असाध्यै प्रभावकारी मानिने योग विज्ञानमा उल्लेख गरेएको पाइन्छ । यद्यपी सूर्यनमस्कार यी बाहेक आफ्नो अनुकुल समयमा पनि गर्न सकिन्छ भनी योग गुरुहरु भन्ने गर्दछन् । तसर्थ तपाइंँ हामीले पनि यो लकडाउन –बन्दाबन्दी)को अवसरमा सूर्यनमस्कार गर्ने बानी बसाल्ने की !योग गरौ, ध्यान गरौ , स्वस्थ रहौं , अनि मस्त रहौं ।स्वस्थ व्यक्तिलेनै जगतको भलो गर्न सक्छ ।


क्याटेगोरी : जीवनशैली
ट्याग : #सूर्यनमस्कार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
23°
Fair
6:01 am6:18 pm +0545