धेरै समय एसीमा बस्दा यस्तो समस्या
धेरै समय एसीमा बस्दा यस्तो समस्या देखापर्छः
१. पटक पटक बिरामी हुनु
धरैमात्रा सितलता प्रदान गर्ने एसी मानव स्थास्थ्यको लागि हानीकारक हुने एक अध्ययनको निष्कर्षले बताएको छ । यस्तो एसीबाट निस्कने हावाले विशेष रुपमा मानव शरीरको पाचन प्रकृयामा असर गर्छ ।
पाचन प्रकृयामा असर पारेसङ्गै हामी पटकपटक बिरामी हुने गछौं । जो मानिस एक दिनमा ५ घण्टाभन्दा धेरै समय एसीमा बस्छन् उनीहरुलाई साइनस हुने खतरा धेरै हुन्छ ।
चिसो हावाको कारण शरीरको म्यूकस ग्रन्थीमा प्रभाव पर्ने हुनाले ज्वरो, खोकी जस्ता रोगहरु देखा पर्छ ।
२. फंगल इन्फेक्सन
कुलर—एसीबाट निस्केको हावामा राति बिना कुनै लुगा ओढेर सुत्दा दमको रोगीलाई मात्र नभई सामान्य मानिसलाई पनि फंगल इन्फेक्सन हुने गर्छ ।
प्राकृतिक सितलतामा बसिरहेको मानिस केही समय एसीमा बस्ने केही समय एसी बाहिर बस्ने गर्दापनि हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ ।
बाहिर र भित्रको तापक्रममा ४ डिग्री भन्दा धेरै अन्तर भएमा यसको प्रभाव छिटो हुन्छ ।
३. जोर्नीमा समस्या
एसी वा कुलरबाट निस्केको हावाको कारण हाम्रो शरीरको जोर्नीहरुमा दुखाई उत्पन्न हुने गर्छ । गर्दन, हात खुट्टाका जोर्नीमा सबैभन्दा धेरै प्रभाव पर्छ ।
४. मोटोपन समस्या
धेरैसमय एसी वा कुलरमा बस्ने मानिसहरुमा मोटोपनको समस्या हुने गर्छ । शरीर चिसो भईराख्दा शरीरमा भएको उर्जा कुनै रुपमा खर्च हदैन् जसको कारण मोटोपन वृद्धि हुन्छ ।
५. छाला सुख्खा हुने समस्या
धेरै समय एसी वा कुलरमा बस्दा छाला सुख्खा हुन्छ । पसिना कम आउँदा शरीरको छिद्र बन्द हुने कारण छाला सुख्खा हुन्छ ।
त्यसकारण एसीमा बसेको १—२ घण्टाको बीचमा पसिना आउने काम गर्नुपर्छ ।
एसी प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्
— एसी भएको कोठाको तापक्रम २० डिग्रीभन्दा कम नबनाउने
— कुलर वा एसी प्रयोग गर्नुृभन्दा पहिले त्यसमा फिल्टर अनिवार्य रुपमा राख्ने
— कुलर र एसी प्रयोग गर्दा त्यसको हावा सिधा शरीरमा नआउने गरी राख्नुपर्छ । (एजेन्सी)
क्याटेगोरी : जीवनशैली
ट्याग : #एसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्