फेसियल हाउसको आयोजनामा हेयर सेमिनार

काठमाडौं, २६ ज्येस्ठ – फेसियल हाउसले एक दिने हेयर सेमिनारको आयोजना गरेको छ । शनिवार सिटीसी मलमा आयोजित उक्त सेमिनारमा करिब ५० जना ब्यूटीसियन एबम् हेयर डिजाईनरहरुले सहभागिता जनाएका थिए । सो अवसरमा मायाज ब्यूटी पार्लरकी प्रबन्ध संचालक समेत रहेकी ख्यातिप्राप्त ब्यूटीसियन तथा हेयर डिज़ाइनर गीता गिरीले हेयर स्टाईल मास्टर क्लास सम्बन्धी बिशेष कक्षा संचालन गरेकी थिईन ।
सेमिनारमा संचालित हेयर स्टाईल मास्टर क्लास अन्तर्गत ७ विधा समेटिएको थियो । जसमा फ्लावर, मेसी लङ हेयर, हेभी ब्राईडल, क्रेजी, क्रिम्पिङ, स्टिक र क्रिम्पिङ स्टाईल रहेका थिए । सेमिनारको अन्त्यमा सहभागीहरुलाई सहभागिताको प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने उदेश्यका साथ सेमिनारको आयोजना गरिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुश्मा महराले बताईन ।

त्यसै गरि फेसियल हाउसले मिस्टर एण्ड मिस लिटिल च्याम्प २०१९ कि विजेता ९ बर्शिया बालिका पिञ्जु बुढा मगरको सफलताको कदर गर्दै सम्मान गर्यो । शनिवार सिटीसी मलमा आयोजित सेमिनार कार्यक्रम माझ फेसियल हाउसले पिञ्जुले ताज जितेको खुसियालीमा केक काटेको थियो । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुश्मा महराले बाल प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यका साथ सम्मान स्वरुप कार्यक्रम राखिएको बताईन ।

कलाकारितामा विशेष रुची भएकी प्रतिभाशाली बालकलाकार पिन्जुले गत शनिवार मात्रै मिस्टर एण्ड मिस लिटिल च्याम्पको उपाधी जितेकी थिईन । प्रशुन संगीत विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा उपाधीका लागि २५ जनाले प्रतिष्पर्धा गरेका थिए ।
बालअधिकार बारे सोधिएको प्रश्नमा सही र सटिक जवाफ दिएर पिन्जु विजेता बनेकी हुन् । लिटिल मिस च्याम्पको उपाधी सहित उनले वेष्ट क्याटवाक अवार्ड पनि जितेकी थिइन् । पिञ्जु हाल पानीपोखरी स्थित भानुभक्त मेमोरियल विधालयमा कक्षा चारमा अध्ययनरत रहेकी छिन् । पिञ्जुले सानै उमेर देखी निर्त्य र अभिनयमा बिशेष रुचि राख्ने गरेको उनकी आमा प्रगती महराले बताईन ।
क्याटेगोरी : जीवनशैली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्