यि हुन पुरुषलाई आकर्षित गर्न महिलाले सुर्धानुपर्ने १० बानी
कुनै पनि सम्बन्ध शुरु गर्न होस् वा सम्बन्ध बलियो बनाउ एक अर्काको धेरै बानी व्यवहार स्वीकार गर्नुपर्दछ । कतिपय पुरुषको बानी महिलाहरुलाई मन पर्दैन भने महिलाका केहि बानी पुरुषलाई मन पर्दैन ।
त्यसमध्ये यहाँ पुरुषलाई मन नपर्ने महिलाको केहि बानी व्यवहार उल्लेख गरिएको छ ।
लामो नङः प्रायः धेरै महिलाहरु नङ लामो बनाउन रुचि राख्नुहुन्छ तर पुरुष साथीहरुलाई तपाईको यो बानी मन नपर्न सक्छ । तपाईं सायद सोच्नुहुन्छ होला, लामो नङ निकै आकर्षक हुने गर्दछ तर वास्तविकतामा तपाईंको यो लामो नङ पुरुषहरुलाई मन पर्दैन । त्यसैले नङ ठिक मात्र राख्नुहोस् ।
अत्याधिक परफ्युम लगाउनुः परफ्युमको बास्ना कसलाई मन पर्दैन र ! तर धेरै खाएपछि चिनी पनि तितो हुन्छ भनेजस्तै धेरै पर्फ्युम लगाउने महिला पुरुषहरुलाई मन पर्दैन । पर्फ्युमको हल्का बास्ना मनपर्ने गर्दछ
सन्की स्वभाव ः महिलाहरुको सन्की स्वभाव पुरुषहरुलाई मन पर्दैन । हुन त सन्की मान्छे कसलाई पो मन पर्छ र । सानो कुरामा पनि झर्किने, चिड्याउने, सन्किने बानी छ भने त्यसलाई त्याग्नु नै राम्रो हुन्छ ।
जिद्दीपन पुरुषहरुसँग सधैँ टासिइरहनु, उनीहरुबिना आफू केहि पनि नभएको जताइरहनुजस्ता कुराहरु पुरुषहरुलाई मनपर्दैन । पुरुषहरु स्वतन्त्र एवं आवश्यक परेको खण्डमा पुरुषहरुको मद्दत लिने महिलाहरुलाई मनपराउने गर्दछन् ।
भूतपूर्व प्रेमीको कुरा गर्नु तपाईंको पहिलेको प्रेमीको कुराहरुले तपाईंको प्रेमीलाई रिस उठ्न सक्छ । यदि तपाईं अहिले पनि आफ्नो पुरानो प्रेमीलाई मनपराउनु हुन्छ भने अरु पुरुषसँग बस्नु राम्रो बिचार मानिँदैन । यदि तपाईं बारम्बार आफ्नो पुरानो प्रेमीको बारेमा कुरा गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानीको पछाडि लुकेको कारण खोज्नुपर्ने हुन्छ ।
रुखो स्वभावः महिलाहरुको रवाफ र रुखो स्वभाव पुरुषहरुलाई साह्रै नराम्रो लाग्ने बानी मध्येको एक हो । सामान्य रुपमा, पुरुषहरुलाई आफ्नो वरिपरिको मानिसहरुसँग भएको बेलामा रुखो व्यवहार गर्ने महिला कहिले पनि मनपर्दैन ।
कुरा काट्नुः यदि तपाईंको पार्टनर तपाईंलाई अन्य महिलासँग खासखुस गरिरहेको देख्दछन् भने सायद तपाईं उनको नजर गिर्न सक्नुहुन्छ । तपाईंको कुरामा जति सुकै सत्यता रहे पनि यसको प्रभाव पुरुषहरुमा नकारात्मक नै हुने गर्दछ ।
भद्दा मेकअप ः तपाईलाई लाग्न सक्छ धेरै मेकअप गर्नसाथ म राम्री देखिनेछु र जोकोहीले मन पराउनेछन् । यदि यस्तो सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ । प्रायः पुरुषहरु हल्का र नेचुरल देखिने किसिमको मेकअप मन पराउँछन् ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #महिलाबानी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्