विवाहको अघि के-के सोच्छन् महिला ? थाहा पाउनुहोस

एजेन्सी । विवाह बन्धनमा बाँधिन अघि महिलाहरुको मनमा धेरै प्रश्नहरु उत्पन्न हुन्छन् । आफ्ना त्यस्ता प्रश्नहरुको जवाफ पाउन उनीहरु कहिले आफ्नो विवाहित साथीहरुसँग कुरा गर्छन् । यदि कुनै पनि महिलाले विवाह अघि उत्पन्न हुने त्यस्ता प्रश्नहरुको जवाफ समयमै पाए भने उसको बाँकी वैवाहिक जिवन निकै सफल र सुखदायी हुन्छ ।
आज हामी तपाईलाई आफ्नो विवाहको अघिल्लो रात युवतीहरुको मनोदशाको विषयमा बताउने छौं ।
१. सही वा गलत फैसला
मानिसहरुलाई विवाह अघि एउटा युवतीले हनिमूनको गन्तव्यबारेमा मात्र सोच्ने गर्छन् भन्ने लाग्छ तर यो साँघुरो सोच हो । वास्तवमा विवाहलाई लिएर महिलाहरुको मनमा धेरै सपना र योजनाहरु हुन्छन् र जीवनको अहम् क्षण अघि उनीहरुलाई डर र चिन्ताले गाँजेको हुन्छ । उनीहरु आफूले लिएको निर्णयको बारेमा दोस्रोपटक सोच्छन् गहिरिएर । यो निर्णय लिन हतार त गरिन, निर्णय सही हो वा गलत यस्ता धेरै प्रश्नहरु महिलाको मनमा खेल्ने गर्छ ।
२. नयाँ घरले कस्तो व्यवहार गर्लान्
महिलाको मनमा विवाहको अघिल्लो दिन जरुर यो प्रश्न उठ्छ कि मेरो नयाँ घर कस्तो होला, नयाँ सदस्य कस्ता होलान्, कस्तो व्यवहार गर्लान् इत्यादी । नयाँ परिवारले आफूलाई बुझ्छन्, बुझ्दैनन्, आफ्नो करियरलाई बनाउन सहयोगी हुन्छन् कि हुँदैनन् भन्ने प्रश्नहरुले विशेष स्थान लिन्छन् ।
३. जीवन साथी
एउटा महिलाले विवाह अघि नै आफ्नो मनमा उसको हुनेवाला जीवनसाथीको छविको कल्पना गरेकी हुन्छन् । विवाहको अघिल्लो रात एउटी महिलाभित्र निकै चिन्ता र डर हुन्छ कि हुनेवाला जीवनसाथी आफ्नो कल्पना अनुरुप हुन्छ वा हुँदैन भन्ने ।
४. विवाहमा हुने खर्च
विवाहमा हुने खर्च पनि एउटा विषय हो जुन प्रत्येक महिलाको मनमा विवाह अघि उठ्ने गर्छ । आफ्नो विवाहले परिवारमा पार्ने आर्थिक बोझका बारेमा एउटा जिम्मेवार महिला सधै सजक र चिन्तित रहन्छिन् ।
५. यौनसम्पर्क
महिलालाई विवाह अघिको रात जीवनको पहिलो शारीरिक सम्बन्धको जरुर त्रास र भय हुन्छ । यदि कुनै महिला त्यसको लागि मानसिकरुपमा तयार छैनन् भने त्यस समय ती महिलाका लागि यो सोचले अझ जटिल समस्या उत्पन्न गराउँछ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #विवाहको अघि
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्