सिरियामा ३ लाख ३० हजार घर छोड्न वाध्य
एजेन्सी । संयुक्त राष्टसंघीय मानवअधिकार आयोगकी प्रमुख मिशेल बेचलेटका अनुसार पछिल्ला दश दिनमा सिरियामा एक सय जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा २६ जना बालबालिका रहेका छन् । उनका अनुसार सिरिया र रुसी सेनाको संयुक्त हवाई आक्रमणको निशानामा अस्पताल, स्कुल र बजार क्षेत्र परेका छन् । बेचलेटका अनुसार सिरिया र रुसी सेनाको यति ठूलो आक्रमण र नरसंहारको बारेमा विश्व चुप छ ।

विगत आठ वर्षदेखि सिरियाको इदलिव शहरका अलावा उत्तरी हमा र पश्चिमी अलेपो विद्रोहीको गढ शहरको रुपमा चिनिने गरिन्छ । तिनै शहरहरु आक्रमणको निशानामा परेका छन् तर अघिल्लो वर्ष सेप्टेम्बरमा रुस र टर्कीको नेतृत्वमा भएको शान्ति सम्झौतापछि यस क्षेत्रमा बमबाढी नगर्ने सहमति भएको थियो । यो सम्झौता पछि २७ लाख जनाले हवाई हमलाबाट मुक्ति पाएका थिए । तर पछिल्लो हप्ता संयुक्त राष्टसंघले भनेको छ, ‘अप्रिल महिनायता सिरियामा ३५० जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै ३ लाख ३० हजार सिरियालीहरु घर छोड्न वाध्य भएका छन् । त्यसमध्ये पछिल्ला १० दिनमा त्यहाँ १०३ जनाको मृत्यु भइसकेको छ ।’ त्यसमध्ये २६ जना बालबालिका त्यसको निशानामा परेका छन् । स्थिति थप भयावह हुँदै गइरहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्