Techie IT
सोमबार, वैशाख २२,२०८२

अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते


अमेरिकाको केन्टुकी राज्यको लुइसभिलस्थित एक बैंकमा कार्यरत एक जना कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीले आफ्नो इन्स्टाग्राममा गोली चलाउदै गरेको लाइभ स्ट्रिम गरेको त्यहाँका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरु ४० बर्षदेखि ६४ बर्षसम्मका छन् । आक्रमणमा अन्य नौ जना घाइते भएका छन् । घाईतेमध्ये एकजना दुई साताअघि मात्रै भर्ना भएका एकजना प्रहरी अधिकारी पनि छन् । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको समाचारमा उल्लेख गरिएको छ ।

शहरको केन्द्रमा रहेको पुरानो नेसनल बैंकमा गोली चलेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो बाईडेनले ट्वीटरमार्फत धेरै अमेरिकीहरुले निहत्थामा ज्यान गुमाईरहेको बताउँदै कङ्ग्रेसमा रिपब्लिकनहरूले अमेरिकी जनताको जीवन रक्षाका लागि कहिले काम गर्नेछन् भनी प्रश्न गर्नुभएको छ ।

अमेरिकी डेमोक्रेटिक पार्टीले कडा बन्दुक सुरक्षा कानून बनाउन लामो समयदेखि कंग्रेसलाई जोड दिदै आएको छ । तर रिपब्लिकन सांसदहरूले भने त्यस्को कडा विरोध गरिरहेको छ । केन्टकीमा २१ वर्ष भन्दा माथिका अधिकांश वयस्कहरूलाई इजाजतपत्र बिना बन्दुक किन्न र बोक्न अनुमति दिने गर्दछ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #अमेरिकामा बैंक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545