Techie IT
शनिबार, साउन ३०,२०८३

सामाजिक सञ्जाल कम्पनी ट्वीटरद्धारा एलन मस्कविरुद्ध मुद्दा दायर


काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी ट्वीटरले अर्बपति एलन मस्कविरुद्ध मुद्दा दायर गरेको छ। विश्वका सबैभन्दा धनी व्यक्तिसमेत रहेका मस्कले कम्पनीसँगको सम्झौता रद्द गरेको भन्दै ट्वीटरले कानुनी प्रक्रिया सुरु गरेको हो।

गत शुक्रबार मस्कले ट्वीटर खरिदको लागि गरेको ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने घोषणा गरेका थिए। मस्कले ट्वीटरले सम्झौताका प्रावधानहरु पालना नगरेको र आफूलाई नक्कली खाताहरुको विवरण नदिएको आरोप लगाएका छन्।

ट्वीटरले भने मस्कको आरोप खण्डन गर्दै आएको छ। अमेरिकाको डेलावर अदालतमा दायर गरिएको मुद्दामा ट्वीटरले मस्कलाई आफ्नो खरिद प्रक्रिया पूरा गर्ने आदेश दिन माग गरेको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #एलन मस्क


तपाईको कमेन्ट लेख्नुहोस्