तालिवान प्रमुख कमाण्डर सहित २१ जना मारिए

सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा एक जना प्रमुख कमाण्डरसहित कम्तीमा २१ जना तालिवान लडाकू मारिएका छन् ।
अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको सुरक्षा कारबाहीमा प्रमुख कमाण्डर मुल्लाह मन्सुर मारिएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
सरकारी सेनाका एक जना प्रवक्ता गुलाम हजरात कारिमीले सोमबार भन्नुभयो, “कुन्दुज प्रान्तका लागि तालिवान लडाकूहरुको सैन्य प्रमुख मुल्लाह मन्सुरसहित २१ जना सुरक्षा कारबाहीमा मारिएका छन् ।”
सुरक्षा कारबाहीमा परी अरु ३० भन्दा बढी लडाकू पनि घाइते भएको उहाँले जानकारी दिनुभयो ।
पछिल्ला केही घण्टामा इमाम साहिब जिल्लाका विभिन्न ठाउँमा धेरै पटक विस्फोटनका घटनाहरु भएका थिए ।
सैन्य अधिकारीहरुले सरकारी सेना तर्फको क्षतीका बारेमा कुनै जानकारी नदिएको समाचारमा जनाइएको छ । घटनाका बारेमा तालिवान लडाकूको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #तालिवान लडाकू
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्