Techie IT
बुधबार, वैशाख २४,२०८२

धर्मस्थलीमा मदन भट्टको अध्यक्षतामा ११ सदस्सीय पृकुन माई योग साधना केन्द्र गठन


धर्मस्थली काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ६ धर्मस्थली स्थित पृकुन माई योग साधना केन्द्रले नियमित सन्चालन गर्न ११ सदस्यिय कार्यसमिति गठन गरेको छ ।
श्रावण १४ गते योग गुरू डा कञ्चन घिमिरे ज्यूको संरक्षकत्वमा सुरु भएको योग साधना केन्द्रले पूणता पाएको छ ।

पृकुना माई योग साधना केन्द्रले हरेक दिन वडा नं ६ को सभाहलमा योग साधना कक्षा सुरु गरे संगै स्थानियहरुको आकर्षण बढ्दो छ । केन्द्रका सचिव प्रदिप केसीका अनुसार कार्यसमितिका अध्यक्षमा मदन भट्ट , उपाध्यक्षमा रेणु बस्न्यात , सचिवमा प्रदिप के.सी , कोषाध्यक्षमा राजेन्द्र तिमिल्सिना र सदस्यहरुमा प्रदिप घिमिरे सन्तोष घिमिरे , मेनुका तिमिल्सिना , सोनि श्रेष्ठ , जयराम तिमिल्सिना , रामचन्द्र घिमिरे , निरु तिमिल्सिना रहेका छन ।

मानवको मानसिक तथा शारीरिक विकार ९व्याधी० हरूबाट मुक्ति दिलाउने सम्बन्धमा योग अनुष्ठानका विभिन्न विधिहरू– आसन, प्रणायाम, सूक्ष्म व्यायाम, दण्ड–बैठक, सूर्य नमस्कार, सहज व्यायाम गरी ७९ अभ्यास छन् । जुन नेपालमा पनि योग पारखीहरूका लागि एउटा जीवनशैली बनेको छ । शारीरिक विकास र मानसिक विकासबाट मुक्तिको सहायक सिद्ध हुँदै गएको योगलाई ब्यवस्थीत गर्दे लैजाने सचिव प्रदिप केसीको भनाई छ ।

 


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #पृकुना माई योग साधना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:18 am6:42 pm +0545