Techie IT
सोमबार, वैशाख २२,२०८२

आज बाट तारकेश्वर नगरपालिकाको अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द


  बिहीबारबाट तारकेश्वर नगरपालिकालेअत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गर्ने भएको छ ।
 बुधबार बसेको बैठकले तारकेश्वर नगरपालिका तथा अन्तर्गतका वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण देशव्यापी रूपमा फैलिरहेको र काठमाडौं जिल्ला प्रशासनको निषेधाज्ञाको निर्णयलाई पालना गर्दै तारकेश्वर नगरपालिकाले आफ्नो सेवाहरू पनि बन्द गर्न लागेको नगरपालिकाले जनाएको छ ।

 


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #तारकेश्वर नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545