अदालतको चिठीबिनै हलहरुले रोके ‘एक्टर: टेक वान’, निर्माण पक्षले क्षतिपूर्ति माग्ने
काठमाडौ । आजबाट रिलिज हुने भनिएको चलचित्र ‘एक्टर टेक वान’ को प्रदर्शन हल सञ्चालकहरुले रोकेका छन् । जिल्ला अदालत काठमाडौंले हिजो चलचित्रको प्रदर्शन एक हप्ता रोक्न अल्पकालीन आदेश दिएको थियो ।
अदालतको आदेश विपक्षीहरुसम्म पुगेको भने छैन । मिडियामा आएका समाचारहरुकै आधारमा हल सञ्चालकहरुले प्रदर्शन रोक्ने निर्णय लिएका हुन् । यसमा चलचित्रको निर्माण पक्ष सन्तुष्ट छैन ।
निर्माता थमनकुमार भण्डारीले भने, ‘चलचित्र विकास बोर्डबाट स्वीकृति लिएर निर्माण भएको र सेन्सर बोर्डबाट पास भएको चलचित्रलाई हल सञ्चालकहरुले के आधारमा रोक्नुभयो भन्ने हामीले बुझेका छैनौं । अदालतको चिठी नआउँदासम्म प्रदर्शन रोक्न कुनै कानूनी रोकावट थिएन ।’
आज र भोलि दुई दिन सार्वजनिक बिदाको अवसर पारेर रिलिज हुन लागेको चलचित्रलाई अदालतको आदेशले ठूलो धक्का लागेको छ । अहिलेसम्म निर्माणपक्षलाई मुद्दाको विषयमा कुनै निकायबाट औपचारिक जानकारी नै नआएको भण्डारी बताउँछन् । यसको जिम्मेवारी विकास बोर्ड लिनुपर्ने उनको भनाइ छ ।
‘हामीले कुनै पनि गल्ति गरेका छैनौं । स्वीकृति दिने विकास बोर्ड जिम्मेवार हो । हामीलाई ठूलो आर्थिक नोक्सानी भएको छ । विकास बोर्ड र हल सञ्चालकहरुसँग क्षतिपूर्ति माग्न बाध्य हुनेछौं,’ उनले भने ।
यो विषयमा विकास बोर्डले कुनै औपचारिक धारणा बाहिर ल्याएको छैन । बोर्ड स्रोतले अदालतको आदेशमा बोर्डले औपचारिक टिप्पणी र आलोचना गर्न नमिल्ने बतायो । तर, यो प्रकरणमा बोर्डको पनि कुनै गल्ति नरहेको स्रोतको दावी छ ।
‘बोर्डले कानूनी व्यवस्था र चलिआएको चलनअनुसार नै स्वीकृति दिएको हो, त्यसैले बोर्ड जिम्मेवार छैन,’ स्रोतले भन्यो ।
अहिलेको अभ्यासमा कुनै पनि चलचित्रको नामको अगाडि वा पछाडि फुर्को जोडेर अर्को चलचित्र निर्माण गरिँदै आएको छ । उदाहरणका लागि ‘ए मेरो हजुर’ र ‘मेरो हजुर’ बेग्लाबेग्लै चलचित्र हुन् । यसरी नाम राख्न कपिराइट कानूनले पनि नरोक्ने बोर्ड स्रोतको दावी छ ।
‘एक्टर टेक वान’ चलचित्रलाई सुरुवातमा ‘आइ एम एक्टर’ नामबाट बोर्डमा दर्ता गरिएको थियो । पछि नाम परिवर्तन गरेर ‘आइएम एक्टर’ राखिएको हो । ‘आइ एम एक्टर’ नाम राख्दा बोर्ड अध्यक्ष भुवन केसी थिए । ‘एक्टरस् टेक वान’ बनाउँदा बोर्डमा अध्यक्ष नरहेको भण्डारीले बताए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #अदालतको चिठीबिनै हलहरुले रोके ‘एक्टर: टेक वान’, #निर्माण पक्षले क्षतिपूर्ति माग्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्