यी हुन बलिउड अभिनेत्री जसले प्रेमीबाट हिंसा भोगे
पछिल्लो समयमा घरेलु हिंसा विरुद्ध निकै आवाज उठन थालेको छ । महिला माथि हुने हरेक प्रकारको हिंसा अपराध हो । घरेलु हिंसाको मामलामा महिलामाथि मारपिट हुने गर्छ । घरेलु हिंसामा सर्वसाधारण मात्र पर्दैनन् । घरेलु हिंसाको शिकार सेलिब्रेटी पनि भएको खबर सुनिदै आएको छ । बलिउडमा पनि अभिनेत्री घरेलु हिंसाको शिकार भएका छन् । उनीहरुले हिंसा विरुद्ध आवाज पनि उठाएका छन् ।
ऐश्वर्या राय बच्चन
सलमान खान र ऐश्वर्या राय बीचको पे्रम सम्बन्ध रहेको कुरा दुनियाँलाई थाहा छ । उनीहरु टाढा हुनुको मुख्य कारण सलमानको नराम्रो व्यवहार हो । सलमान ऐश्वर्याको साथ निकै नराम्रो व्यवहार गर्दथे । कति पटक उनले ऐश्वर्यामाथि हिंसा समेत गरे । जसको कारण ऐश्वर्याको आमाले सलमानको विरुद्ध पुलिस कमप्लेन गरेकी थिइन् ।
कंगना रनौत
कंगना र आदित्य पंचोलीको उमेर निकै फरक छ । एक समय कंगना र आदित्य लिभिङ टुगेदरमा थिए । आदित्यले केहि समय पछि आफनो रंग देखाउन सुरु गरे । उनले कंगनामाथि हिंसा गर्न थालेका थिए । जसको विरुद्ध कंगनाले पुलिसमा रिर्पोट गरेकी थिइन् ।
करिश्मा कपुर
२००४ मा करिश्माले दिल्लीको बिजनेशम्यान सञ्जय कपुरसँग विवाह गरिन् । तर विवाहको केहि समय पछि नै उनीहरुको सम्बन्ध विच्छेद भयो । सम्बन्ध विच्छेद गर्नुको कारण सञ्जयले बच्चाको अगाडि आफुमाथि हात उठाउने करिश्माले बताएकी छन् । जसबाट अत्याचार नै भएपछि करिश्माले सञ्जयलाई डिर्भाेस दिएकी थिइन् ।
श्वेता तिवारी
टीभीको चर्चित अभिनेत्री श्वेता तिवारीले राजा चौधरीसँग विवाह गरेकी थिइन् । उनीहरुको एक छोरी पनि छिन् । विवाहपछि केहि समय त सबै राम्रो थियो तर बिस्तारै बिस्तारै राजाले श्वेता अत्याचार गर्न सुरु गरे । हिंसा बढ्दै गएपछि श्वेताले डिभोर्स लिइन् ।
दीपशिखा नागपाल
९० को दशकमा कयौं फिल्ममा अभिनय गरेकी अभिनेत्री दीपशिखाले २०१२ मा केशव अरोडासँग विवाह गरेकी थिइन् । तर २०१६ मै उनले डिर्भोस लिइन् । यसको मुख्य कारण उनको श्रीमान ४ वर्ष देखि मारपिट गर्थे । सुरुमा उनले निकै सहेकी थिइन तर पछि अत्याचार नै भएपछि डिर्भाेस मागिन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #बलिउड अभिनेत्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्