ड्रिम गर्लको ट्रेलरमा लभ र कमेडीको रिमिक्स
प्रेम कथानक सिनेमा ड्रिम गर्लको ट्रेलर सार्वजनीक गरिएको छ। ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको मंगलबार राजधानीमा प्रेसमिट गरि ट्रेलर देखाइएको हो। मंसिर ७ गते प्रदर्शन हुने सिनेमाको झण्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, एक्शन र सेन्टिमेन्ट्सको मिश्रण छ।
ट्रेलर सार्वजनीक कार्यक्रममा निर्देशक ऋषिराजले पूर्ण मनोरञ्जक फिल्म बनाउने कोसिस गरेको बताए। निर्माता अर्जुन शर्माले अधिक राम्रो फिल्म बनाएकाले सबैको साथ पाउने बिश्वास ब्यक्त गरे। अभिनेता आकाश श्रेष्ठले ड्रिम गर्ल बिगतका फिल्मभन्दा भिन्न भएकाले दर्शकले मन पराउने दाबी गरे भने यही सिनेमाबाट डेब्यु गरेकी अभिनेत्री आश्मा गिरीले ठूलो पर्दाको आफ्नो पहिलो पाइला सफल हुनेमा ढुक्क रहेको बताइन्। उनले ड्रिम गर्लले फिल्म उद्योगमा स्थापीत गर्ने बिश्वास ब्यक्त गरिन्। अर्की अभिनेत्री पूजा पराजुलीले सिनेमाले दर्शकलाई खुशी बनाउनुका साथै आफ्नो कामको मुल्यांकन गर्ने आश ब्यक्त गरिन्।
दुई करोडभन्दा बढी लगानीमा बनेको सिनेमामा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन्। निर्देशक ऋषिराज स्वयम्का साथ अर्जुन शर्मा र रामेश्वर धिताल निर्माता रहेको सिनेमाको सहनिर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ। कार्यक्रममा रिल एण्ड रियल सिनेमाका प्रमुख एन्टो रोचा पनि उपस्थिति थि । दक्षिण भारतमा केही सिनेमा निर्माण गरेका एन्टोले नेपाली सिनेमा निर्माणलाई निरन्तरता दिने बताए। सोही कार्यक्रममा ऋषिराजको निर्देशनमा बन्ने नयाँ दुई सिनेमाचुरीफुरी र द्रौपदीको समेत घोषणा गरियो।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #ड्रिम गर्ल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्