प्रज्ञा सिस्नुपानी देउसी’मा नेताप्रति खबरदारी
दिपावलीको उपलक्ष्यमा विगत वर्ष झै यसपाली पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको हो ।
कार्यक्रममा देउसीसँगै साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेल, सीताराम कट्टेल ९धुर्मस०, कुञ्जना घिमिरे ९सुन्तली०, दमन रुपाखेती, व्यङ्ग्यात्मक कविका रुपमा परिचित शैलेन्द्र सिङ्खडा, राजा राजेन्द्रलगायतले प्रस्तुति दिएका छन ।
देउसी हेर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, विभागीय मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीत्रय माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजजीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुखलगायत सहभागी थिए ।
दर्शक तथा स्रोताले खचाखच भरिएको प्रज्ञा भवनको हलमा प्रधानमन्त्री केपी ओलीको क्यारिकेचरमा कलाकार सीताराम कट्टेल र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘क्यारिकेचर’मा मनोज गजुरेल र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको ‘क्यारिकेचर’ दमन रुपाखेतीको प्रस्तुतिलाई दर्शकदिर्घाबाट खुबै मन पराइएको थियो ।
सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले देशको विकृति विसङ्गतिका विरुद्ध सिस्नुपानी नेपालले सामाजिक आन्दोलन अभियानक चलाएको भन्दै यसलाई अझ सशक्त बनाएर खबरदारी गर्दै सामाजिक र सांस्कृतिक आन्दोलनका अभिन्न अङ्ग बनोस् भनी शुभकामना व्यक्त गरेका छन ।
समाज र राजनीतिक क्षेत्रमा देखा परेका विकृति विसङ्गति छन् भन्दै उहाँले जुन ठाउँमा विकृति छ, प्रगतिको विरुद्धमा उचिएका कोही प्रवृत्ति र पात्रलाई साँचो अर्थमा सिस्नुपानी बनेर अघि बढ्न आग्रह गरे ।
काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई सुशासनको मार्गमा खबरदारी गर्न सिस्नुपानीको अभियान सशक्त रहेको भन्दै मुलुकमा शान्ति र समृद्धिको दिशामा सरकार र सरोकारवालालाई एकीकृत गराउन अभियानले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #प्रज्ञा सिस्नुपानी देउसी
धेरै पढिएका
- १काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- २काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्