सर्जक ऋषि वरालको मुक्तक संग्रह `पैतालाका डोवहरु´वजारमा
विभिन्न सामाजिक सञ्जालको प्रभाव सँगसँगै नेपाली साहित्य विधामा मुक्तक र गजल लेखनले निकै वजार तताएको छ।यसै वीच यहि असोज ३ गते युवा मुक्तककार ऋषि वरालको मुक्तक संग्रह `पैतालाका डोवहरु´को विमोचन कार्य अनामनगरमा रहेको मिडिया इन्टरनेशनलको हलमा सम्पन्न भएको थियो।नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षता,वादल घिमिरेको सञ्चालन र वरिष्ठ गीतकार रत्नशम्सेर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अन्य विशिष्ट कवि, साहित्यकार, समिक्षक र पत्रकारहरूको गर्बिलो उपस्थिति रहेको थियो।
नेपाल मुक्तक प्रतिष्ठानको प्रकाशनमा प्रकाशित सो कृतिमा जम्मा जम्मी २१६ अोटा मुक्तक संग्रहित छन् जस मध्ये अधिकांश मुक्तकहरुमा प्रेम विछोडको भाव भएता पनि केहि मुक्तकहरुमा सुखद मिलन, देशप्रेम,मानवीय चिन्तन,सामाजिक यथार्थ,विकृति,विसंगति,मान्छेमा देखिएको अाडम्वरी पन,नेपाली युवाहरु विदेशिनु परेको वाध्यता,साहित्यिक क्षेत्रमा देखिएको सम्मान र पुरस्कारको वेथिति,गाँउमा समेत मौलिक भाषा,संस्कृति र चालचलन हराउँदै गएको यथार्थता,अामाको महिमा,जस्ता सन्दर्भहरु समेत समेट्ने प्रयास गरिएको छ। प्रमुख अतिथि वरिष्ठ गीतकार रत्नशम्शेर थापाले ऋषि बरालसँग मुक्तक लेख्ने खुवि र क्षमता छ भन्नेकुरा उनका मुक्तक पढे पछि थाहा भयो,उनका मुक्तकमा युग बोल्दछन्, प्रकृति, देश र मानवीय भावना प्रखर रुपमा देखिन्छन् ।
सुन्दर ढङ्गले लेखिएका मुक्तकहरु वाचन गरेको सुन्दा मनै आनन्दित हुन्छ भन्दै कृतिकार को प्रशंशा गर्नुभयो। चर्चित गीतकार/मुक्तककार तथा रेडियो नेपालका रेडियोकर्मी रमेश पौडेलको प्रस्तुति भने फरक थियो ।वहाले “मुक्तक लेखन र आवरण साजसज्जाको कारणबाट नै भेट ऋषि बरालसँग भएको थियो । उनका मुक्तकहरु साच्चिँकै मुक्तक बनेका छन् ।
यस कृतिको पाना पल्टाएर जहाँ पढे पनि सुन्दर मन छुने मुक्तक मात्र भेटिन्छन् । उनिमा मुक्तक लेखनको क्षेत्रमा स्थापीत हुने राम्रो छनक पाएको छु।”भन्दै कृतिको प्रशंशा गर्नुभयो। कृतिकार ऋषि बरालले मुक्तकलेखनका क्रमका आफ्ना अनुभव, भोगाइ र प्रकाशनको यात्रा सम्मका संघर्षको वर्णन र मुक्तक वाचन गरेर समेत सुनाउनु भएको थियो ।
आफूलाई मनपर्ने मुक्तक लेखनको शैलि चतुष्पदीय रहेको र आफ्नो कृतिमा सङ्ग्रहित सबै मुक्तकहरु पनि सोहि शैलीमा रहेका कुरा अवगत गराउँदै आमन्त्रित अतिथिहरुलाई खादा ओढाएर सम्मान गर्नुका साथै पैतालाका डोबहरुको सम्झनारुपी मायाको चिनो समेत दिनुभएको थियो।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #पैतालाका डोवहरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्