Techie IT
शुक्रबार, वैशाख ११,२०८३

युरोकिड्स स्कुलको तिज कार्यक्रम


काठमाडौ । यूरोकिड्स स्कूलले तिज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार राजधानीको बानियाँटारस्थित स्कुलले सो कार्यक्रम सम्पन्न गरेको हो । काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रभाको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा ठुलो संख्यामा विद्यार्थी, अभिभावक, सञ्चालक समितिका पदाधिकारी, शिक्षकलगायत केही सञ्चारकर्मीहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्र्रधानाध्यापक दिपक गुप्ताले यस स्कुलको युरोकिड्स तथा सिटी आईवी वल्र्ड स्कुलको शैक्षिक कार्यक्रहरुको बारेमा विस्तृत जानकारी दिनुभएको थियो । साथै उहाँले काठमाडौ जिल्लाको उत्तरी भेगमा रहेको यस सिटी इन्टरनेशनल स्कुलले अहिलेको परिपेक्षमा गुणस्तरीय शिक्ष अति आधुनिक प्रविधिहरुको प्रयोग गरि इन्टरनेशनल माइन्डेडनेशको विकास गर्नका निम्ति विद्यार्थीहरुलाई विभिन्न लनिङ्ग प्रोफाइलका आधारमा अध्ययन अध्यापन गराईरहनुभएको प्रष्ट पार्नुभयो ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #युरोकिड्स


तपाईको कमेन्ट लेख्नुहोस्