मुक्तक-अनिल चापागाँई
मुक्तक १
दैबले भनौँ या त प्रकृतिले नराम्ररी छलेको छ।
रोएको छ सिङ्गो विश्व नै सबको मन जलेको छ।।
कहिलेकाहीँ सम्झिने गर्नुस यो प्राण रहुन्जेल त।
थाहा छैन कति बांचिन्छ मर्ने सिजन चलेको छ।।
मुक्तक २
सबैले सुन्ने ऐतिहासिक बात बनाएर।
सफलता नै सफलताको खात बनाएर।।
जति हेप्नु अहिले हेप प्यारा आफ्नाहरु।
एकदिन पक्कै आउँछु औकात बनाएर।।
मुक्तक ३
दिन बित्छ महिना बित्छ अनि साल आउंछ।
राम्रो कर्म गरे खुसी नत्र दुखको छाल आउंछ।।
कहिल्यै मर्दिन जस्तो घमण्ड नदेखाउ साथी।
आज नआए नि भोलि त पक्कै काल आउँछ।।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्