निफमा चलचित्र क्षेत्रमा महिला सहभागिता एवं अवसर बारे बहस
काठमाडौ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको तेश्रो दिन आज चलचित्र उधोगमा महिला सहभागिता र अवसर बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जुम मार्फत गरिएको सो कार्यक्रममा चलचित्र जगतका महिला हस्तीहरुसंग गहन छलफल गरिएको नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले बताए ।
कार्यक्रममा कलाकार करिश्मा मानन्धरले चलचित्र श्रेत्रमा महिला सहभागिता सन्तोष जनक रहेको तर बिविेधपूर्ण रहेको छ । समान काम गर्न पुरुष कलाकारको तुलनामा महिला कलाकारले कम पारिश्रमिक पाउने गरेको बताएकी हुन् । समान कामको समान पारिश्रमिक हुनुपर्नेमा उनको जोड छ ।
यस्तै हाँस्य कलाकार तथा निर्देशक दिपाश्री निरौलाले चलचित्रमा महिला सहभागिताको कुरा गर्दा अहिले सुनौलो समय रहेको बताइन । पहिलाको तुलनामा अहिले धेरै सहज छ , पहिला फिल्ला खेल्ने भई यो बिग्री भन्थे तर अहिले पढे लेखेको , जिम्वेवार महिलाहरुको सहभागिता छ । चलचित्रमा महिला सहभागिता टिकिराख्न चुनौती छ । तर समय सन्दर्भ प्रबिधिसंग परिचित भएमा अवसर पनि उतिकै रहेको उनी बताउछिन । पितृसत्ताक सोचको उपज भएको र चलचित्रसँगै अरु क्षेत्रमा पनि यो समस्या रहेको उनको भनाइ छ ।
सोही कार्यक्रममा छांयाकार , सम्पादक तथा चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणाले नेपाली चलचित्र जगतमा महिला प्राबिधिकहरुको सहभागिता न्यून रहेको बताइन । एक – दूई वटा चलचित्रमा प्राविधिक काम गर्नेहरु पलायन हुदै गएको अवस्था छ । क्यामेरा , सम्पादनमा शुरुवाती कक्षा लिनेको उत्साह हुने तर पछि कलाकारीता निर्देशन तिर आकर्षण बढी रहेको उनको भनाइ छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #निफमा चलचित्र क्षेत्रमा महिला सहभागिता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्