नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि शुरु
चौथो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि शुरु भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्यका साथ महोत्सव शुरु गरिएको हो ।
महोत्सवको भर्चुअल उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले महोत्सवले नेपाली चलचित्रका माध्यमबाट नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वसामु प्रचार गर्ने बताउनुभयो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले महोत्सवले विभिन्न देशबीच आत्मीय सम्बन्ध राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पोर्चुगलका चलचित्र निर्देशक ज्वाओ पाउलो म्याकेज्डोले महोत्सवमा सहभागी नेपाली चलचित्रबाट नेपाली कथा र विषयवस्तु बुझ्न पाइने बताउनुभयो । चलचित्र निर्देशक तुलसी घिमिरेले महोत्सवले समग्र चलचित्र क्षेत्रको विकास र विस्तारमा सहयोग पु¥याउने बताउनुभयो ।
महोत्सवमा भारतीय अभिनेता अनुराग कश्यपले आफ्नो अनुभव सुनाउनुभएको थियो । उहाँले नेपालका मनोरम दृश्य र नेपाली कथा समेटिएको चलचित्रलाई विश्वबजारले समेत उत्साहका साथ हेरिरहेको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष केपी पाठकले नेपाल सहित ३१ देशका ६५ वृत्तचित्र र छोटा चलचित्र महोत्सवमा सहभागी रहेको जानकारी दिनुभयो । नेपालका तर्फबाट आठ छोटा चलचित्र समाविष्ट छन् ।
महोत्सव यही वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ । कोरोना भाइरसका कारण यसपटक महोत्सवलाई भर्चुअल रुपमा सञ्चालन गरिएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्