निफमा बलिउड निर्देशक अनुराग कश्यपले मास्टरक्लास दिने
काठमाडौं : आउँदो २३ गतेदेखि सुरु हुन लागेको नेपाल अन्तर्राष्ट्रि फिल्म फेस्टिभलमा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले मास्टरक्लास दिने भएका छन् । निफका अध्यक्ष केपी पाठकले विज्ञप्ति जारी गर्दै उनले उद्घाटनको दिन अर्थात २३ गते नै ३.३० बाट ४.३० सम्म फिल्मको बारेमा बोल्ने जानकारी गराएका छन् । सो दौरान उनले सिनेमा सम्बन्धी आफ्ना अनुभवहरू बाँड्ने छन् ।
भौतिक रुपमा नै आयोजना गर्ने गरी तयारी सुरु गरेको फेस्टिभलले केही दिन अघिसम्म हाइब्रिड मोडलमा सञ्चालन गर्ने बताएको थियो । तर, फेस्टिभलको दिन नजिकँदै जाँदा कोभिड–१९ को दोस्रो लहरले छपक्क छोप्न थालेपछि फेस्टिभल अनलाइन मोडलमा गएको थियो । केपी पाठकले फिल्मको प्रदर्शन तथा अन्तक्र्रियाहरू नेट टिभीसँगै फेस्टिभलको पेजबाट लाइभ गरिने जनाएको छ ।
अनुराग कश्यप बलिउडका ‘अटर’ निर्देशक मानिन्छन् । लेखकको रुपमा बलिउड करिअर सुरु गरेका उनले ‘सत्या’, ‘शूल’, ‘युवा’ जस्ता फिल्मको पटकथा तथ संवाद लेखेका थिए । उनको डेब्यू निर्देशन रहेको ‘पाँच’ले हलको मुख देख्न नपाए पनि सन् २०१२ मा रिलिज भएको ‘ग्याङ्स अफ वासेपुर’का दुई सिरिजबाट उनले अभूतपूर्व चर्चा पाएका थिए ।
यसपछि उनले ‘मनमर्जियाँ’, ‘चोक्ड’, ‘मुक्काबाज’ जस्ता फिल्मको निर्देशन गरेका थिए । निर्माणमा पनि उत्तिकै सक्रिय उनले नेटफ्लिक्समा रिलिज भएका ‘सेक्रेड गेम्स’, ‘लस्ट स्टोरिज’ आदि फिल्म तथा सिरिजको निर्माण गरेका थिए । फेस्टिभल २७ गतेसम्म चल्नेछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #अनुराग कश्यप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्