मिस तामाङ वर्ल्ड २०२१ को घोषणा
तामाङ समुदायको मौलिक पहिचान, जातियता र साँस्कृतिक गरिमाको जगेर्ना, सम्बद्र्धन र प्रवद्र्धनका साथै नयाँ पुस्ताका तामाङ युवतीहरुमा यसको महत्वका बारे प्रकाश पार्दै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, प्रतिभा प्रस्फुटन र समग्रमा उनीहरुको सशक्तिकरणमा योगदान पुर्याउने हेतुले विश्वभर छरिएर रहेका प्रतिभाशाली तामाङ युवतीहरुमा केन्द्रित रहेर मिस तामाङ वर्ल्ड २०२१ को आयोजना हुने भएको छ । कार्यक्रम संचालन हुन लागेको सम्बन्धमा राजधानीको हात्तीसार स्थित नेपाल हाउसमा आयोजित पत्रकार भेटघाट मार्फत् यसबारे औपचारिक रुपमा जानकारी गराइएको हो ।
मिस तामाङ वल्र्ड फाउन्डेसन तथा साधना कला केन्द्रको आयोजनामा संचालन हुन लागेको मिस तामाङ वर्ल्ड २०२१ले तामाङ समुदायको अन्य जातिसंगको सामाजिकरणमा पनि जोड दिने उद्देश्य राखेको कुरा आयोजक संस्थाका मिलन मोक्तानले उल्लेख गरेका छन् । तामाङ संस्कृतिको अन्तर्राष्ट्रियकरण होस् भन्ने मिस तामाङ वल्र्डको उद्देश्य रहेको उनको भनाई छ । सो कार्यक्रममा पूर्व मिस तामाङ विजेताहरु जेनिशा मोक्तान, सुमि मोक्तान, पिंकी घिसिङ तथा सिम्रन स्याङ्बो पनि उपस्थिति रहेको थियो ।
प्रतियोगितामा सहभागिता लागि आगामी वैशाख १५ गतेसम्म आवेदन दिनुपर्नेछ । कार्यक्रममा विश्वको जुन सुकै स्थानमा बसोबास गर्ने तामाङ जातिको अविवाहित युवतीहरुले आवेदन दिन सक्नेछन् । आवेदक १६ देखि २८ वर्ष उमेर समूह भित्रको हुनुपर्ने, कम्तिमा दश जोड दुई वा सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने, कम्तीमा पाँच फिट उँचाईको हुनुपर्ने र मानसिक सन्तुलन सही हुनुपर्ने मुख्य प्रावधान राखिएको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आगामी जेठ १२ गते बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनीमा आयोजना गरिने बताइएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्