ज्योति फिल्मस् म्युजिक अवार्डद्धारा कलाकार, संगितकार, एरेन्जर, पत्रकार र मोडलहरुलाई सम्मानित
काठमाडौं । ज्योति फिल्मस् म्युजिक अवार्ड–२०७७ बाट कलाकारहरु सम्मानित भएका छन् । लोकदोहोरी कलाकार, संगितकार, एरेन्जर, पत्रकार र मोडलहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा पूर्व अर्थमन्त्री डा. रामशरण महत प्रमुख अतिथिमा रहेका थिए । विशिष्ट अतिथिमा कुमार बस्नेत, सम्भुजित बास्कोटा अतिथिहरुमा द्वन्द्ध निर्देशक राजेन्द्र खड्गी, धिरेन शाक्य, धुर्वराज खड्का, लोक गायिका शर्मिला गुरुङ, उत्तम केसी लगायतका रहेका छन् ।
अवार्ड पाउनेहरुमा मोडल तथा नायक पल शाह, दुर्गेस थापा, भर्सटायल मोडल तथा गायक प्रकाश सपुत, गायिका अञ्जु पन्त, स्मृति गौतम, एलिना चौहान, पार्वती बानियाँ, मोडल रिना थापा मगर, सानु केसी, मानसिंह खड्का, नृत्य आरुषी मगर लगायत एरेन्जर, संगितकार र राम्रो मिक्सीङ गर्नेहरुलाई पनि सम्मान गरिएको थियो । शुक्रबार राष्ट्रिय नाचघरमा पूर्व अर्थमन्त्री डा. रामशरण महतबाट ७२ भन्दा बढि विधामा उत्कृष्ट कलाकारहरु र पत्रकारलाई सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा बीचबीचमा नृत्य र गीतहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायक राजु परियार, रेसम थापालाई पनि सम्मान गरिएको थियो । राजु परियारले हलमा गीत गाउँमा माहोल तातिएको थियो ।
अवार्ड भोटीङ र जुरी जर्जको आधारमा छनौट गरिएको थियो । कार्यक्रमको सञ्चालक नरेस भट्टराईले गरेका थिए । संस्थाका अध्यक्ष भाइराम श्रेष्ठले प्रमुख अतिथि महतलाई सम्मान-पत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम भव्य रूपमा सफल पार्ने आयोजक टिममा निरेन श्रेष्ठ, गायिका पूर्णिमा लामा, अस्मिता धमला, मोडल शुक्र लामा र अमोन रानाको टिम रहेको छ ।









क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #ज्योति फिल्मस् म्युजिक अवार्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्