कविता गीत लिएर आउँदै
– जीवनराज दाहाल (साझापाना)
प्राय: सामाजिक सेवामा सक्रिय महोत्तरी बर्दिवास निवासी कविता दाहालले आफ्नो गीती कोसेली ‘दाहिने हातको साइँली औंला किन सजाइराछौ’ गीत बजारमा लिएर आउनुभएको छ ।
साहित्य लेखन, गीत संगीतमा सानै देखि रहर हुनुभएकी कविताको यस गीतमा विकास चौधरीको संगीत र रचना रिमालको स्वर रहेको छ । गीत कविता लेखनमा रुचि राख्ने दाहालको यो गीत भने रेकर्ड भएको पहिलो गीत हो । यस गीतको लगत्तै उहाँले आफ्नै शब्द स्वरमा भजनका गीतहरू पनि बजारमा ल्याउने तयारी गरिरहनुभएको छ ।
महोत्तरी बर्दिवास निवासी दाहाल भन्नुहुन्छ, “अब म बिस्तारै मेरा रचनाहरूलाई गीत मार्फत रेकर्ड गराएर दर्शक श्रोतामाझ पुर्याउनेछु । मेरा धेरै साहित्यिक रचनाहरू छन् क्रमश: रुपमा एकपछि अर्को गर्दै दर्शक श्रोतामाझमा ल्याउने छु ।” आफ्नै कविता दाहाल नामक युट्युब च्यानलबाट ‘दाहिने हातको साइँली औंला’ गीतलाई सार्वजनिक गर्नुभएको श्रष्ठालाई सफलताको धेरै धेरै शुभकामना ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्