दुर्गा बिरहीको नयाँ गीत “कुहु कुहु चरी” सार्वजनिक
नयाँ गीत “कुहु कुहु चरी” सार्वजनिक गरिएको छ । आत्मा विश्वास फिल्मसको प्रस्तुतिमा निर्माण भएको यस गीतमा बिक्रम परियार र चित्रा श्रीसको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत गायक तथा सर्जक दुर्गा बिरहीले भरेका छन् । गीतमा झलक संगितमको एरेन्ज रहेको छ ।
आलाप स्टुडियोमा रेकर्डिङ गरिएको गीतको शिव विकले निर्देशन गरेका छन् । अजय रेग्मीको छायांकन रहेको गीत मिलन बिकले सम्पादन गरेका छन् भने दुर्गेश थापा र लोसिना लामिछानेको अभिनय रहेको छ ।
गीत सार्वजनिक भएसँगै आएका सकारात्मक प्रतिक्रियाले आफूलाई थप उर्जा मिलेको सर्जक दुर्गाले बताएका छन् । आफ्ना यसअघिका गीत जस्तै यस गीतलाई पनि दर्शक तथा स्रोताले मन पराउनेमा उनको विश्वास छ ।
भिडियो हेर्नुहोस् :
https://www.youtube.com/watch?feature=youtu.be&v=uAfdFpQNtA8&fbclid=IwAR3bsQ63EiVhgH7PvZJRYBH6uU7q-d0u00S0gjPThyFEiyt7Eq8YdxTv4bQ&app=desktop
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #कुहु कुहु चरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्