हाँस्य कलाकार बट्टारे कान्छो बाँधिए वैवाहिक जीवनमा
रामेश्वर ढकाल , नुवाकोट
काठमाडौं । नेपाली हाँस्यकलाकारहरुको चर्चित हाँस्य कलाकार बट्टारे कान्छो ‘सन्देस लामिछाने’ आजदेखि वैवाहिक जीवनमा बाँधिएका छन् । कोरोना महामारीको बेला सामाजिक दूरी कायम गरेर विवाह सम्पन्न गरिएको थियो । लिखु गाउँपालिका–१, ढिकुरे नुवाकोटका लामिछानेले पनौती नगरपालिका–२, कुशादेवी काभ्रेको युनिका लुइटेलसँग विवाह बन्धनमा बाँधिएका हुन् ।
कलाकार लामिछानेको वैवाहिक कार्यक्रममा हाँस्यकलाकार तथा पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सफल दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’ लगायतका कलाकारहरुको टिम नै जन्ती गएका थिए । उनिहरुले दुलाहा–दुलहीलाई खादा लगाएर वधाई दिएका थिए । सामाजिक दूरी कायम गरी गरिएको विवाहमा हाँस्यकलाकार सन्देस लामिछानेले आफ्नो नवदुलहीलाई जग्गेमा माला सहित माक्स लगाईदिएका थिए ।
कोरोना महामारी र निषेधाज्ञाको समय भएकाले लामिछानेले ८–१० जना मात्र जन्ती लिएर दुलही घर गएका थिए । वैवाहिक जीवनमा बाँधिएका लामिछानेले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भनेका छन् – “मेरो जीवनमा वैवाहिक कार्यक्रमले कलाकारिताको क्षेत्रमा अघि बढ्न अझै मद्दत, नयाँपन र हौसला पुग्नेछ । पछिल्लो समय लामिछानेले दिपक–दिपाको चर्चित मुभिहरुमा पनि अभिनय गर्नुभएको थियो ।
उनले आफ्नै युट्युव च्यानल “म अगाडी बढ्न चाहन्छु” मार्फत् ९ टंकी मार्फत् नेपाली सर्ट कमेडी मुभिहरू बजारमा ल्याएका छन् । उनको युट्युव च्यानलमा भाइरल ९ टंकीको भाग–११ सम्मका सर्ट कमेडी मुभिहरू अपलोड भएका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #बट्टारे कान्छो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्