मेगा बैंक दशौं वर्षमा प्रवेश
मेगा बैंक नेपाल लिमिटेड दशौं वर्षमा प्रवेश गरेको छ ।
नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले समकालिन बैंकहरुमा मेगा बैंकले अतुलनीय सफलता प्राप्त गर्न सकेकोमा गर्व लागेको बताउनुभयो ।
‘विगत ९ वर्षसम्मको समीक्षा गर्दा मेगा बैंकले शाखाहरुको सञ्जाल विस्तारमा झण्डै ८ गुणा, एटीएम सञ्जालको विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा, खुद मुनाफा आर्जनमा ७० गुणा, रोजगारीको अवसर सृजनाको दृष्टिकोणले ११ गुणा र राज्यलाई बुझाएको करको तुलनामा ७८ गुणाले फड्को मारेको छ,’ अध्यक्ष शाहले भन्नुभयो, ‘जुन उद्देश्यका साथ ९ वर्षअघि यस बैंकको स्थापना गरिएको थियो, त्यो सोचले सार्थकता प्राप्त गरेको मैले अनुभूति गरेको छु ।’
बैंकको दीर्घकालीन रणनीति अनुसार, देशका ७ वटै प्रदेशका सबै जिल्ला सदरमुकाम, आर्थिक तथा व्यापारिक कारोबार केन्द्र, हुलाकी तथा मध्य पहाडी राजमार्ग, गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका÷महानगरपालिकाहरुमा बैंकको सञ्जाल विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । सोही अनुरुप बुटवलमा प्रादेशिक भवन निर्माण भइरहेको जानकारी दिँदै अध्यक्ष शाहले केन्द्रिय कार्यालय सहित ७ वटै प्रदेशहरुमा आफ्नै घर—जग्गामा प्रादेशिक कार्यालय संचालन गर्ने कार्य योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘सरकारद्वारा प्राथमिकता तोकिएका कृषि, पर्यटन र जलविद्युत क्षेत्रको व्यावसायिक प्रवर्धन गर्न लगानी वृद्धि गर्दै जाने तथा सोही अनुरुप व्यापार प्रवर्धन गरिएका क्षेत्रका समुदायहरुसँग अन्तरघुलित हुन सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले स्थानीय निकाय र प्रदेश सरकारहरुसँग समन्वय गरी आवश्यकता र प्राथमिकताका क्षेत्रहरुको पहिचान गर्दै प्राथमिकिकरण गरी सामाजिक उत्तरदायित्वको बजेट परिचालन गर्ने नीति लिएका छौँ ।’
सरकारको ‘मर्जर’ नीतिलाई आत्मसात गर्दै मेगा बैंकले मर्जर कमिटी बनाएको अध्यक्ष शाहले बताउनुभयो । ‘मर्जरलाई हामीले नजिकबाट नियालिरहेका छौँ । सोही अनुरुप मर्जर कमिटी बनिसकेको छ । मेगा बैंकले वित्तीय बजारमा प्राप्त गरेको परिचयलाई तथा आर्जन गरेको भरोसा र विश्वासलाई कायम राख्न हामीसँग सामिप्यता राख्ने र सोच मिल्ने वित्तीय संस्थाहरुलाई आवद्ध गर्दै अझ शसक्त र व्यवस्थित ढंगले अगाडि बढनुको विकल्प हामीसँग छैन ।’– अध्यक्ष शाहले बताउनुभयो ।

कार्यक्रममा मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताउनुभयो । एक दशकमै मेगा बैंकले समकालिन बैंकहरुको तुलनामा सबै हिसाबले व्यावसायिक फड्को मार्न सफल भएको छ,’ उहाँले भन्नुभयो, ‘अत्याधुनिक प्रविधि, नवीनतम योजनाहरुका कारण पनि ग्राहकहरुको विश्वास जित्न सफल भएको मलाई अनुभूति भएको छ । अब मिडक्याप बैंकहरुसँग प्रतिस्पर्धा गर्दै अघि बढ्छौँ ।’
मेगा बैंकले डिजिटाइजेशन र नवीनतम प्रविधिहरु भित्र्याएको बताउँदै क्यूआर कोड पनि त्यसकै उदाहरण भएको सिइओ खुञ्जेलीले बताउनुभयो ।
सिइओ खुञ्जेलीले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजनाको घोषणा पनि गर्नुभयो । छोरीहरुको उज्ज्वल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप बैंकले “शिक्षानै ज्योति अभियान” अन्तर्गत प्रत्येक शाखाबाट १÷१ जना छात्राहरुलाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहायताको शुरुवात भइसकेको उहाँले बताउनुभयो । ‘हाम्रो यस अभियानबाट छनौट भएका बालिकाहरुले आर्थिक अभावका कारण पढ्न नपाउने तथा बीचमै पढाई छाड्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । बालिकाहरुको उज्ज्वल भविष्यका लागि यो छात्रवृत्ति महत्वपूर्ण सावित हुने हाम्रो विश्वास छ । यसै वर्ष यस कार्यक्रम मार्पmत बैंकले आर्थिक रुपमा कमजोर १०२ जना छात्राहरुलाई समावेश गरिसकेको छ । आगामी वर्ष यस छात्रवृत्तिको संख्या बैंकको शाखा विस्तार भएसंगै बढ्दै जानेछ’– सिइओ खुञ्जेलीले भन्नुभयो ।
‘हलोदेखि हाइड्रो’सम्म भन्ने नारा लिएको मेगा बैंकको गत आर्थिक वर्षमा निक्षेप संकलन रु. १९ अर्ब बढेर करिब रु. ८२ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि रु. १५ अर्ब ५० करोड बढेर करिब रु. ७३ अर्ब पुगेको छ । ग्राहक संख्या पनि झण्डै १ लाख ४६ हजार बढेर ६ लाख ४३ हजार पुगेको छ । कर्जाको औसत आकार ३३ लाख र निक्षेपको १ लाख २७ हजार रहेको छ ।
देशभर मेगा बैंकका १०२ वटा शाखा र १९ एक्सटेन्सन काउन्टर छन् । यसैगरी, १०२ वटा एटीएम मेशिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय मेगा रेमिट एजेण्टहरुको सञ्जाल फैलिएको छ ।

सहयोग हस्तान्तरण
यसैबीच, वार्षिकोत्सवका अवसरमा मेगा बैंकले उपल्लो डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १ लाख रुपैयाँ सहयोग गरेको छ ।
एसईई सकेपछि उच्च शिक्षा अध्ययन गर्न आर्थिक अभाव झेल्दै आएका बुढालाई गत वर्ष बैंकले कक्षा ११ अध्ययन गर्न १ लाख रुपैयाँ सहयोग गरेको थियो । अहिले कक्षा १२ मा अध्ययनरत बुढालाई नवौँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले पुनः १ लाख रुपैयाँ सहयोग गरेको हो । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र सिइओ अनुपमा खुञ्जेलीले उहाँलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । मेगा बैंकले वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिका र बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई हरेक वर्ष सहयोग गर्दै आएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #मेगा बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्