Techie IT
शनिबार, असार ७,२०८२

बिहीबार सुनको भाउ स्थिर,चाँदीको मूल्य बढ्यो


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल र तेजाबी सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ ।

बुधबार तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको सुन बिहीबार भने स्थिर छ । छापावाला सुन आज १ लाख १९ हजार प्रतितोलामै कारोबार हुने महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि स्थिर, १ लाख १८ हजार ४५० रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी आज १४ सय ८० रुपैयाँ प्रतितोला पुगेको हो ।


क्याटेगोरी : अर्थ
ट्याग : #चाँदीको मूल्य बढ्यो, #सुनको भाउ स्थिर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:07 am7:03 pm +0545