चेम्बर अफ कमर्शको वरिस्ठ उपाध्यक्षमा कमलेश अग्रवाल निर्वाचित

काठमाडौं- राजेन्द्र मल्ल नेतृत्वको चेम्बर अफ कमर्शको वरिस्ठ उपाध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका छन् । शुक्रबार चेम्बरका नवनिर्वाचित सदस्यहरुले सर्वसम्मत रुपमा अग्रवाललाई वरिस्ठ उपाध्यक्षमा चयन गरेका हुन । चेम्बरको ५५ सदस्यीय कार्यसमितिले सो निर्णय वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् ।
अग्रवाल यस अघि राजेशकाजी श्रेष्ठ नेतृत्वको कार्य समितीमा ३ बर्ष अघि देखी उपाध्यक्षको भूमिकामा थिए भने सो अघिको कार्यकालमा महासचिव, त्यस अघिको कार्यसमितीमा सचिव र कार्य समिती सदस्य भएर करिब १६ बर्ष देखी चेम्बर आन्दोलनमा सकृय रहदै आएका छन् । हाल अग्रवाल नागरिक लगानी बोर्ड र नेपाल लाइफ इन्सुरेन्सको संचालक बोर्डमा छन् भने उनले विगतमा सरकारको अर्ध स्वामित्वको नेपाल ढलोट उद्योगको अध्यक्षका रुपमा सात बर्षसम्मको कार्यभार पुरा गरेका थिए । त्यसो त कमलेश कुमार अग्रवालले काठमाँडौ उपत्यका खानेपानी बोर्ड, राष्ट्रिय बिमा समिती र एनएमबी बैंकको संचालक समितीका रहेर समेत काम गरिसकेका छन् । अग्रवालको फोम र पोलिमर उद्योगहरुमा समेत लगानी रहेको छ ।
वाणिज्य शास्त्रमा स्नाकोत्तर अग्रवाल राजश्व सम्बन्धका जानिफकार एवम् ज्ञाता समेत हुन । विगत १६ बर्ष देखी चेम्बर आन्दोलनमा सकृय रहदै आउने क्रममा अग्रवालले देशको राजश्व क्षेत्रको विकासका लागि उल्लेख्य योगदान पुर्याउदै आएका छन् । अग्रवाल आम उद्योगी व्यवसायी माझ निकै लोकप्रिय रहेका छन् । उनको जन्म धरानमा भएको थियो ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्