सात बर्षिय बालक सहित तीन जनामा संक्रमण, संक्रमित संख्या २४९

काठमाडौँ, १ जेठ : कोरोना भाइरस (कोभिड १९)को संक्रमण आज तीन जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा नयाँ तीन जनामा संक्रमण देखिएको बताउनुभयो ।
संक्रमितहरुमा काठमाडौ दहचोक निवासी ७ बर्षिया बालक, धनुषा जनकपुर उपमहानगरपालिका निवासी १७ बर्षिय महिला र धादिग निवासी ३० बर्षिय महिला रहेका छन् ।
योसंगै संक्रमितको संख्या २४९ पुगेको छ । यसअघि आज विहान दुई जनामा संक्रमण देखिएको थियो । आज मात्र पाँच जना नयाँ संक्रमित भेटिएका हुन ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार दुवै संक्रमित व्यक्तिको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहनु भएको छ । यससँगै काठमाडौंमा समेत कोरोमा संक्रमणको त्रास बढीरहेको पृष्टभूमिमा गृह मन्त्रालयले शुक्रबारदेखि बन्दाबन्दीलाई थप कडाई गर्ने जनाएको छ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोभिड १९, #नेपाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्